• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » मधेसी मोर्चाका कार्यकर्ताले दुुईवटा भारतीय गाडीमा पेट्रोल बम प्रहार
मधेसी मोर्चाका कार्यकर्ताले दुुईवटा भारतीय गाडीमा पेट्रोल बम प्रहार

गोलबजार (सिरहा), ११ माघ । पूूर्व–पश्चिम राजमार्गअन्तर्गत सिरहाको गोलबजार नगरपालिका–९ मा आज बिहान मधेसी मोर्चाका कार्यकर्ताले दुुईवटा भारतीय गाडीमा तोडफोड गर्नुका साथै पेट्रोल बम प्रहार गरेर जलाउने प्रयास गरेका छन् ।

पूूर्वबाट पश्चिमतर्फ गइरहेका पिबी २९ के ९७२२ नं को भारतीय कन्टेनरमा मोर्चाका कार्यकर्ताले पेट्रोल बम प्रहार गरेर जलाउने प्रयास गरेका हुन् । बम प्रहारबाट कन्टेनरको सिटलगायत केही सामान जलेको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ ।

साथै तोडफोडबाट गाडीको सिसा फुटेको छ । गाडीका चालक भारतीय नागरिक कलबिन्द सिंहलाई मोर्चाका कार्यकर्ताले नियन्त्रणमा लिएर कुटपिटसमेत गरेका छन् ।

यस्तै सोही ठाउँमा पिबी २९ आर ९२७२ नं को भारतीय कन्टेनरमा मोर्चाका कार्यकर्ताले तोडफोड गरेका छन् ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar