चोरी भए नेपाल टेलिकमका रिचार्ज कार्ड, यी नम्बरका कार्ड नकिन्न अाग्रह
नेपाल टेलिकमका एकसय रुपैयाँ दरका दुईसय वटा रिचार्ज कार्डहरु चोरी भएकाले ती कार्डहरु नकिन्न ग्राहकलाई सचेत गराएको छ।
सिरियल नम्बर १११५०८०३८१९२०००१ देखि १११५०८०३८१९२०२०० सम्मका रिचार्ज कार्ड आयात गर्ने क्रममा चोरी भएकाले ती कार्डहरु नकिन्न टेलिकमका सह प्रवक्ता डिल्लीराम अधिकारीले आग्रह गरेका छन् । यी नम्बरका कार्ड रिचार्ज नहुने पनि टेलिकमले जनाएको छ।
त्यस्तै, टेलिकमले ती कार्डहरु भेटिएमा वा त्यसबारेमा कुनै जानकारी पाएमा नजिकको टेलिकम कर्यालयमा सूचना दिन पनि आग्रह गरेको छ।


0 comments
Write Down Your Responses