यसरी हुँदैछ चार दिनभित्र मधेसी मोर्चासँग सहमति
काठमाडौँ, १ माघ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बिहीबार बसेको प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठकले ५ माघमा बस्ने संसद बैठकअघि नै सहमतिको प्रस्ताव ल्याउने निर्णय गरेको छ । बैठकले सीमांकन विवाद टुंग्याउन राजनीतिक संयन्त्र गठन गर्ने र संयन्त्रलाई संसद्बाट वैधानिकता दिने र क्षेत्राधिकार पनि तोक्ने निर्णय गरेको एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिए । यसमा सहमति गर्न वार्ताटोलीलाई अधिकार दिइएको छ ।तीन दल र मोर्चाको कार्यदलबीच भएका वार्ताका निष्कर्षको समीक्षा गर्दै शीर्ष बैठकले चार
सरकारको संशोधन प्रस्तावमा थप संशोधन प्रस्ताव आएका छन् । दलहरूबीच जे सहमति हुन्छ, त्यसलाई अघि बढाउन सरकार तयार छ । यो मेरो दायित्व हो,’ स्वतन्त्र युवा प्रजातान्त्रिक संघले बिहीबार राजधानीमा गरेको कार्यक्रममा खरेलले भने, ‘दलहरूले सहमति गरेनन् भने आफ्नै प्रस्ताव अघि बढाउँछु । मसँग यसको विकल्प छैन ।’ तीन महिनायता सीमांकनको विषय नटुंगिने पनि उनले बताए । उनले भने, ‘पहिला अहिलेको विकल्प परीक्षण हुन दिउँ, त्यसपछि जहाँ–जहाँ समस्या हुन्छ, त्यहीँबाट हल खोजौँ ।’ नयाँ पत्रिका दैनिकमा समाचार छ ।


0 comments
Write Down Your Responses