मलेशियामा योन धन्दा गर्ने नेपाली युवती पक्राउ भिडियो सहित
नौ महिनामा २६ महिला सम्पर्कविहीन
बेनी (म्याग्दी), ९ माघ । पहाडी जिल्ला म्याग्दीबाट २०७२ साल वैशाखदेखि पुस महिनासम्मको नौ महिनाको अवधिमा २६ जना महिला हराएका छन् ।
प्रहरी कार्यालय म्याग्दीमा सम्पर्कविहीन भएका महिलाका आफन्तले खोजी गरिदिन अनुरोध गर्दै दिएको लिखित निवेदनका आधारमा २६ महिला सम्पर्कविहीन भएको जानकारीमा आएको हो जिल्ला प्रहरी कार्यालय म्याग्दीका अनुसार हराउनेमा अविवाहित युवती र बालबच्चा भएका महिलासमेत रहेका छन् । सुरुका तीन महिना वैशाख, जेठ र असार महिनामा मात्रै १० जना महिला घर परिवारदेखि सम्पर्कविहीन भएका र अहिलेसम्म पनि फेला नपरेका जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक धर्म मुडभरीले जानकारी दिनुभयो । परिवारदेखि सम्पर्कविहीन भएको केही दिनपछि परिवारका सदस्यले आफन्त हराएका सूचनासहित खोजी कार्य गरिदिन अनुरोध गर्दै निवेदन लिएर आउने गरेका छन्,” प्रहरी निरीक्षक धर्म मुडभरीले भन्नुभयो – “हामीले यसलाई गम्भीरतापूर्वक हेरेका छौँ ।
प्रहरीका अनुसार बहुविवाह, वैदेशिक रोजगारमा गएका श्रीमान्सँगको असन्तुष्टि, आर्थिक समस्यालगायतका कारण परिवारबाट सम्पर्कविहीन भएको देखिएको छ ।

0 comments
Write Down Your Responses