२ हप्ता भन्दा बढी भारत बाहिर बस्न सक्दिन- आमिर खान
बलिउड अभिनेता आमिर खानले आफू २ साता भन्दा बढी भारत बाहिर बस्न नसक्ने बताएका छन् । भरतमा जन्मेको र भारतमै मर्ने समेत घोषणा गरेका छन् ।
भारतमा अशहिष्णुता बढेको भन्ने टिप्पणी गरेपछि विवादमा तानिएका आमिरले आफूलाई भारत सबैभन्दा मन पर्ने र २ हप्ता भन्दा बढी देश बाहिर बस्न नसक्ने समेत बताएका छन् ।
कुनै पनि देशमा उतार चढाव हुने भन्दै उनले अभिनेता अक्षय कुमारको भनाइलाई जवाफ पनि दिएका छन् । आफूलाई मानिसहरुले गलत बुझेको र रिसाएको बताउँदै आमिरले कतिपयलाई आफू देश छोड्ने मनस्थितिमा रहेको भन्ने लागेको भएपनि त्यो गलत भएको बताए ।
आफूलाई भारत जस्तो देश अरु नलाग्ने भन्दै २ साता देश बाहिर बस्दा पनि भारतको यादले सताउने गरेको समेत बताएका छन् ।
भारतीय गृहमन्त्री राजनाथ सिंहले समेत भारत असहिष्णु भएको भनेर गरिएको टिप्पणी प्रति आपत्ति जनाएका थिए । आमिर खानको नाम नलिइकन उनले असहिष्णु भन्दै भारत छोड्ने चर्चा गरेकोप्रति आपत्ति जनाएका थिए ।
मोदी सरकार आएपछि भारतमा असहिष्णुताको भावना बढेको भन्दै कलाकारहरुले चर्चा गरिरहेका छन् । आमिर खान पनि यस्तै चर्चा गरेपछि विवाद र चर्चामा आएका थिए।

0 comments
Write Down Your Responses