• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
» गायिका अन्जु पन्तले गरिन् आत्महत्याको प्रयास किन गरिन त ? भिडियो सहित
गायिका अन्जु पन्तले गरिन् आत्महत्याको प्रयास किन गरिन त ? भिडियो सहित

आफ्नो करियरमा सफलता मेरो नजिकै पुगिसकेको थियो । फिल्मदेखि सुगम संगीतसम्म मेरो स्वरको माग उच्च थियो । एकै दिन चार÷पाँच वटा गीत रेकर्ड गर्नुपर्ने अवस्था आइसकेको थियो । त्यही बेला एकाएक मेरो स्वर सुक्यो । गाउँदा स्वर क्लियर नआउने भयो । गाउँदागाउँदै बीचमा स्वर काटिन थाल्यो । उपचारका लागि डाक्टरकहाँ गएँ, स्पीचथेरापी गरियो । तीन महिनाजति रेस्ट लिन लगाइयो । करियर उत्कर्षमा पुगेकै बेला रेस्ट लिने वा आउँदा म मानसिक रुपमा पनि कमजोर हुँदै जान थालेकी थिएँ । होमियोप्यथीदेखि एलोप्याथीसम्म उपचारका कुनै पद्धति छाडिएन। तैपनि मेरो स्वरको समस्या २० मा १९ भएन।

उल्टै डाक्टरले भय सिर्जना गरिदिए, ‘घाँटीको अवस्था यस्तो हुँदाहुँदै गीत गायौ भने क्यान्सर हुने सम्भावना देखिन्छ ।’ जति गरे पनि केही नलागेपछि मेरो मानसिक अवस्था पनि बिगँ्रदै गयो । म पशुपति जान्थेँ, घन्टौँ त्यहीँ बस्थेँ । त्यसपछि फेरि डिप्रेसनमा गइछु । एकछिन एक्लै बस्नै नसक्ने भएँ ।

 एक्लै भएँ कि कसरी मर्ने भनेर मात्रै सोच्थेँ । अग्लो ठाउँ देख्यो कि हामफाल्न मन लाग्थ्यो । एकचोटि एक्लै हुँदा एक तला माथिबाट हामफालेँ, खुट्टा भाँच्चियो । त्यसपछि उपचार गरेर तीन महिना बेड रेस्ट गर्नुप¥यो । आफैँले गाएको ‘पल पल रोएँ, जिन्दगीमा कति आँसु गएर खेर, सम्हालेर राख्या भए ताल बन्थ्यो हेर’ भनेजस्तै गरी रोएँ, कराएँ । तर, समस्या समाधान भएन । बजारमा मेरो स्वरको प्रभाव यति प¥यो कि ‘कहिले ठीक हुन्छ, त्यही बेला रेकर्ड गराउँछु’ भनेर मान्छेहरु कुर्न थाले । त्यसले मलाई मानसिक रुपमा झन् विक्षिप्त बनायो, किनभने स्वरको समस्या ठीक हुने सँभावना देखिएन ।
म अन्तिमपल्ट इन्डियामा चेक अप गराएर हेर्छु भनेर वीरगन्ज हुँदै गइरहेकी थिएँ । मान्छेले कमजोर भएकै अवस्थामा भगवान गुहार्छ । उपचारले ठीक नभइरहेको अवस्थामा मसँग पनि भगवानको भरोसा गर्नुको विकल्प थिएन । उपचार पनि चलिरहेकै अवस्था पनि थियो । यो संयोगले मेरो स्वर खुलायो । मलाई धेरै सताउने अर्काे रोग हो, युरिन इन्फेक्सन । त्यसले लामै समय दुःख दियो । ६ वर्षअघि भएको यो समस्या टिचिङ हस्पिटलमा उपचार गरेर ठीक भयो । तर, तुरुन्तै पत्ता नलागेकाले ठूलो सास्ती खेपेँ । सुरुमा डाक्टरले ‘ग्यास्ट्रिकका कारण त्यस्तो भएको बताए । त्यसको औषधि खाएँ । तीन महिना थला परेँ ।
कत्ति पनि बिसेक नभएपछि फेरि उपचार गर्न जाँदा युरिन इन्फेक्सनको उपचार गरेर ठीक भएँ । केही पत्ता लागेन । ६ वर्षदेखि किड्नीतिर दुख्ने समस्या छ । कहिलेकाहीँ समस्या हुँदा हस्पिटल जान्छु । अलिकति पानी बढी वा कम भयो कि दुख्छ । केही समयअघि अमेरिका जाँदा पनि ल्यान्ड हुनबित्तिकै हस्पिटल पुग्नुपर्ने गरी दुख्यो । औषधि गरियो । तर, पूर्ण रुपमा ठीक भएको छैन । अहिले पनि धेरै ठाउँ चेकअप गरिसकेँ । किड्नीको समस्या नदेखिए पनि गाइनोपट्टीको होला भनेर त्यसको पनि जाँचपड्ताल गरियो । तर, अझै केही पत्ता लागेन ।

Labels:

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar