• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Entertainment » सुन्तलीले पललाई 'आई लभ यु' भनेपछि धुर्मुसले के गरे ? (भिडियो)
सुन्तलीले पललाई 'आई लभ यु' भनेपछि धुर्मुसले के गरे ? (भिडियो)

काठमाडौं– सिताराम कट्टेल 'धुर्मुस' र कुञ्जना घिमिरे 'सुन्तली' रिलको मात्र होइनन् रियल लाइफका पनि जोडी हुन्। हाँस्य कलाकारको यो जोडी सामाजिक काममा होस् वा हाँस्य कार्यक्रममा सँगसँगै नै देखिन्छन्।तर, सुन्तलीले क्युट मोडल तथा नायक पल शाहलाई आई लभ यु भनेपछि उनी मख्खै परेका छन्।

दिनेश थपलियाको गिती एल्बम 'सारांश–२' मा समावेश भएको 'आई लभ यु' बोलको गीतमा सुन्तली र पल एक साथ देखिएका हुन्। सिन्धुलीको बिपी राजमार्ग वरपर खिचिएको उक्त गीतको भिडियोमा सिताराम कट्टेल 'धुर्मुस' पनि देखिएका छन्। निकै रमाइलो र रोचक भिडियो बनेको यस गीतमा इन्दिरा जोशी र सरोज ओलीको स्वर छ। बसन्त सापकोटाको संगीत रहेको गीतको कारियोग्राफी कविराज गहतराजले गरेका हुन्। गीतको छाँयाकन सञ्जय लामाले गरेका हुन भने सम्पादन अर्जुन पोख्रेलले गरेका छन्।


Labels: Entertainment

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar