• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » रूखमा झुन्डिएको अवस्थामा भेटिएको मानव कङ्काल इलामका केशरबहादुर गुरुङको भएको पुष्टि
रूखमा झुन्डिएको अवस्थामा भेटिएको मानव कङ्काल इलामका केशरबहादुर गुरुङको भएको पुष्टि

माघ १४, इलामको मावु ७ स्थित एक जङ्गलमा रूखमा झुन्डिएको अवस्थामा भेटिएको मानव कङ्काल केशरबहादुर गुरुङको भएको पुष्टि भएको छ ।

बुधबार बिहान स्थानीयवासीले घाँस दाउरा गर्न जाँदा रूखमा झुन्डिरहेको अवस्थामा भेटिएको कङ्काल मावु ७ अधेरीटोल घर भई हाल भारतको बाख्रीकोट बस्दै आएका ६५ वर्षीय गुरुङको रहेको उनका दाजु लोकबहादुरले बताएका छन् । केशरबहादुरले लगाएको कपडा र जुत्ताका आधारमा उनको सनाखत भएको हो ।

उक्त घटनाको खबर पाउनासाथ मावुबाट गएको प्रहरी टोलीले घटनाको स्थलगत मुचुल्का तयार गरी उक्त कङ्काल आफन्तलाई जिम्मा लगाएको छ ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar