• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » निगमले आज १ देखि ३० लटका मोटरसाइकललाई पेट्रोल वितरण गर्दै (पम्पको सूचीसहित):: Read More News>
निगमले आज १ देखि ३० लटका मोटरसाइकललाई पेट्रोल वितरण गर्दै (पम्पको सूचीसहित):: Read More News>

काठमाडौं, ६ माघ - नेपाल आयल निगमले आज बुधबारदेखि मोटरसाइकल र स्कुटर तथा ट्याक्सीलाई पेट्रोल उपलब्ध गराउने भएको छ।

निगमले बुधबार १ देखि ३० लटसम्मका मोटरसाईकलरस्कुटरलाई ५७ वटा पम्पबाट पेट्रोल बिक्री गर्दैछ। काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रे तथा सिन्धुपाल्चोकका विभिन्न ५७ वटा पम्पबाट मोटरसाईकल / स्कुटरलाई पेट्रोल बिक्री गर्न लागिएको निगमले जनाएको छ।

बिहान ९ बजेदेखि पेट्रोल वितरण गर्ने जनाएको निगमले नविकरण भएका ब्लु–बुक अनिवार्य लिएर जान सबैलाई आग्रह गरेको छ । मोटरसाइकलरस्कुटरले ५ लिटर पेट्रोल भर्न पाउनेछन्। ३० लटभन्दा माथि लटका मोटरसाईकलरस्कुटरलाई भने अर्को सूचना निकालेर वितरणबारे जानकारी  दिने निगमले जनाएको छ।

यस्तै निगमले हरियो प्लेटको ट्याक्सीलाई हप्ताको २ दिन पेट्रोल उपलब्ध गराउने भएको छ। बुधबार र आइतबार ठिमीमा रहेको गृहेश्वरी फ्यूल सेन्टरबाट हरियो नम्बर प्लेटका ट्याक्सीलाई १० लिटर पेट्रोल उपलब्ध गराउने निमगले जनाएको छ।

यस्तै निगमले भाडाका ट्याक्सीलाई सोमबार र बिहिबार जोरविजोर नम्बर प्रणालीको आधारमा पेट्रोल उपलब्ध गराउने भएको छ । यसअनुसार बिहीबार विजोर नम्बरका ट्याक्सीले नेशनल ट्रेडिङ लिमिटेड टेकु, महालक्ष्मी बसुन्धारा, इन्द्रायणी सानेपा र हलचोक फ्यूल गरी चार वटा पेट्रोल पम्पबाट पेट्रोल भर्न पाउने निगमले जनाएको छ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar