आइएसले सार्वजनिक गर्यो पेरिस हमलाको भिडियो :: Watch Video >>
बेरुत, ११ माघ– इस्लामिक स्टेट्स आइएसले गत नोभेम्बर महिनामा फ्रान्सको राजधानी पेरिसमा गरेको हिंसात्मक आक्रमणको भिडियो सार्वजनिक गरेको छ ।
सो आक्रमणमा कम्तीमा पनि १३० जनाको ज्यान गएको थियो । आइतबार उनीहरुले सो आक्रमणको भिडियो सार्वजनिक गरेका हुन् ।
उनीहरुले उक्त आक्रमणपछि विकसित भएको आइएस विरुद्धको गठबन्धनको पनि विरोध गरेका छन् । सो भिडियोमा उनीहरुले बेलायतलगायतका देशले गरेको सो गठबन्धनका विरुद्ध कारबाही गर्ने धम्की दिएका छन् ।
पेरिसमा गरिएको सो आक्रमणमा नौ जना आक्रमणकारी रहेका सो भिडियोमा देखाइएको छ । जिहादीहरुको वेभसाइटमा पोष्ट गरिएको सो भिडियोमा चारजना बेल्जियम, तीन फ्रान्सेली र दुई इराकी नागरिक सम्लग्न रहेको देखाइएको छ ।
‘जहाँ देख्छौ त्यहीँ मार’ नाम दिइएको उक्त भिडियोमा सो पेरिस हमलामा सम्लग्न नौ जनाको बारेमा पनि दिइएको छ । उनीहरुले गरेका बन्दुक हमलाहरुका विभिन्न दृश्यलाई त्यस भिडियोमा समेटिएको छ ।
भिडियोमा ती आक्रमणकारीले फ्रान्सेली र अरेबियाली भाषामा बोलेका छन् । उनीहरुले विभिन्न पश्चिमा देशहरुका विरुद्धमा बोलेका छन् ।
साथै उनीहरुले बेलायतका प्रधानमन्त्री डेभिड क्यामरुनको तस्बिर पनि त्यसमा देखाएका छन् । साथै उनीहरुले अङ्ग्रेजी भाषामा बेलायतलाई पनि तारो बनाउने जनाउ ती शब्दहरुमा दिएका छन् ।
सो भिडियो देखेपछिको प्रतिक्रियामा फ्रान्सेली राष्ट्रपति फासाँ अल्याण्डले आफ्नो देश आतङ्ककारी विरुद्धको कारबाहीको अभियानबाट कदापि पछि नहट्ने बताए ।

0 comments
Write Down Your Responses