• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » गरिविका कारण अछामकी ५ वर्षीय वालिका मृत्युको मुखमा, आफन्त भन्छन -अविभावक भन्छन छोरीको प्राण जोगाइदिनुहोस
गरिविका कारण अछामकी ५ वर्षीय वालिका मृत्युको मुखमा, आफन्त भन्छन -अविभावक भन्छन छोरीको प्राण जोगाइदिनुहोस

अछाम जिल्लाको मंगलसेन नगरपालिका वडानम्वर ४ निवासी दान वहादुर धामी की ५ वर्षिया छोरी छत्रकला केसी (धामी)गरीविका कारण मर्नुपर्ने अवस्थामा पूगेकी छिन ।

घाँटीको गम्भिर रोग लागेर थलिएकी छत्रकलाको जिल्लामा उपचार सम्भव नभएपछि गरीविकै कारण मर्नुपर्ने अवस्था आएको हो । उनका बुवा दान बहादुर र आमा गोमा देविसंग उपचार गर्ने रकम त परै जावस उनलाई उपचार गर्न लिन चाहिने गाडिभाडा रकम समेत नहुंदा समस्या भएको हो । उनलाई डाक्टरले आईसियूमा राखेर उपचार गर्नु पर्ने र घाँटीको अप्रेसन गर्नुपर्ने बताएका छन ।

महिना अगिदेखी घाँटिको समस्यावाट थलिएकी छत्रकला बिगत डेढ हप्तादेखी न त बोल्न सक्छीन, न त खान सक्छन । यदि समयमै उपचार हुन सकेन भने उनको मृत्यू निश्चित छ । यता जिल्ला अस्पताल अछामका प्रमुख डा. शरदचन्द्र बरालका अनुसार बालिकाको घाँटीमा लुडविक्स एन्जैना नामको संक्रमण भएको र यसले ठुलो रुप लिईसकेको छ । दाँतको जरामा संक्रमण भई समयमै उपचार नहुंदा जिब्रोको मुनीसम्म सर्न गई असहज स्थिती भएको भन्दै बरालले स्वासप्रस्वासमा कुनैपनि बेला कठिनाई हुनसक्ने र ज्याँनै जाँनसक्ने खतरा रहेको बताए ।

बालिकाको शरिरमा रगतको मात्रा पनि निकै कम भएको भन्दै उनले समयमै राम्रो अस्पतालमा पुर्यायमा ज्याँन जोगीन सक्ने उल्लेख गरे । बिरामीको आर्थिक अवस्था निकै कमजोर रहेकोले जिल्ला अस्पतालवाट कोहलपुरसम्म जाँनका लागि सहयोग स्वरुप रु ४ हजार प्रदान गरिएको डा. बरालले जाँनकारी दिए ।

उनलाई थप उपचारका लागि राम्रो अस्पताल लिनका लागि आफुसंग आर्थिक नभएको भन्दै उनका बुवा दानबहादुरले छोरीको प्राण जोगाईदिन र उपचारका लागि सहयोग गरिदिन सहयोगी निकायलाई गुहार गरेका छन । तपाईहरु सहयोग गर्न चाहानुहुन्छ भने अछाम जिल्ला वाट प्रकाशित सिधा दृष्टि साप्ताहिक प्रकाशक राजन के.सी ९८४८६७८००० र सम्पादक ललित कुमार के.सी ९८४८५१०७७३ मा सम्पर्क गरेर पनि बुझ्न सकिने छ ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar