श्रीमतीको हत्या गरि श्रीमानले गरे आत्महत्या
फागुन ८, झापाको बिर्तामोडमा एक व्यक्तिले श्रीमतीको हत्या गरि आफूले पनि आत्महत्या गरेका छन् ।
बिर्तामोड नगरपालिका २ चारपानेका अन्दाजी ६० वर्षीय तन बहादुर राजबंशीले ३६ वर्षीय श्रीमति शान्ती राजबंशीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका हुन् ।
उक्त घटनाको जानकारी पाउन साथ जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक मधु कुमार थापाको नेतृत्वमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घटनास्थल पुग्दा सान्तीलाई घाँटीमा धारिलो हतियार प्रहार गरेर हत्या गरिएको अवस्थामा फेला पारेको जनाउँदै प्रहरीले तन बहादुरलाई घर भित्र रहेको बासको बलोमा नाईलनको डोरीको पासो लगाई झुण्डीएको अवस्थामा मृत फेला पारेको बताएकोे छ ।
बहादुर राजबंशीको शरिरमा रगतको छिटा लागेको हुदा उनले श्रीमतीको धारिलो हतियार प्रहार गरी हत्या गरेर आफु समेत झुण्डिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको थापाले बताएका छन् ।
निरीक्षक थापाले उक्त घटनाबारे थप अनुसन्धान भइरहेको जनाए ।

0 comments
Write Down Your Responses