• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Entertainment » रणवीरसँग ब्रेकअप भएपछि क्याट्रिना तनावमा
रणवीरसँग ब्रेकअप भएपछि क्याट्रिना तनावमा

काठमाडौं, फागुन ११ । अभिनेत्री क्याट्रिना कैफ रणवीर कपुरसँग ब्रेकअप भएपछि बद्लिएकी छिन् । उनका जीवनमा विभिन्न परिवर्तन देख्न थालिएको भारतीय मिडियाले रिपोर्ट गरेका छन् ।
त्यति मात्र होइन, अहिले गसिप पार्टीमा र मुम्बईको पेज–३ मा पनि उनको नयाँ नाम दिइएको छ । त्यो नाम हो– संगीता बिजालनी इन द मेकिङ ।
आफूलाई नयाँ नाम दिएको थाहा पाएपछि क्याट्रिना बहुतै रिसाएकी छिन् । उनलाई यो नाम दिनुको कारण सलमानसँग नाम जोडिनु हो ।
जब क्याट्रिना सलमान खानसँग सम्बन्धमा थिइन्, त्यतिवेला उनी ‘हिट’ थिइन् । कतिसम्म भने उनलाई बलिउडकी चौथो खानसम्म पनि भनिन्थ्यो ।
तर, संगीता बिजालनीको जस्तै ब्रेकअपपछि क्याट्रिनाको ‘करिअर’मा पनि प्रश्न चिह्न लाग्न थालेको छ ।

Labels: Entertainment

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar