• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » धरहारा चढ्दा बसेको प्रेम लडेपछि झाँगियो
धरहारा चढ्दा बसेको प्रेम लडेपछि झाँगियो

साथीहरूसँग फिल्म हेर्न जान्छु”, दिदीभिनाजुलाई रमिला श्रेष्ठले यसै भनेकी थिइन् । तर, उनको योजना सञ्जीव श्रेष्ठसँग भेट्ने र धरहरा चढ्ने थियो ।

१२ वैशाखको त्यो बिहान यी दुई धरहराको माथिल्लो झ्यालबाट काठमाडौं नियालिरहेका थिए । अचानक ढ्वाङ्ग आवाज सुने । “आवाज सुन्नेवित्तिकै मलाई आफू खसिरहे जस्तो लाग्यो, के भएको हो थाहै पाइनँ, एकैपटक मतिर मानिसहरूको हूल आउँदै थियो, मैले के भएको भनेर सोधें, उनीहरूले भुईंचालो आयो र धरहरा ढल्यो भने”, सञ्जीव भन्छन्, “त्यसपछि एकैपटक मैले आफूलाई वीर अस्पतालमा पाएँ ।”

निधारबाट रगत बगिरहेका उनले आँखा खोल्नै सकेनन्, तर लगातार एउटै चिन्ताले सताइरहेको थियो, आफूसँगै धरहरा चढेकी रमिला कहाँ, कस्तो अवस्थामा छिन् ? वीर अस्पतालभित्रैको नेशनल ट्रमा सेन्टरमा ल्याइएकी रमिलाको स्थिति पनि उस्तै थियो । दुःखाइको पीडासँगै उनी पनि सञ्जीवलाई नै सम्झिरहेकी थिइन् । उपचारकै क्रममा बेलुकी यी दुई फेरि भेटिए । तर, यतिवेलासम्म उनीहरूको सम्बन्ध दुईमा मात्र सीमित थिएन, फैलिसकेको थियो ।

रमिला र सञ्जीवको पहिलो भेट दुई वर्षअघि साथीको विवाहमा रामेछापमा भएको थियो । त्यही देखाभेटमा उनीहरूबीच माया पलाएको थियो । रमिला आमा र भाइसँग सालोमा बस्थिन् भने सञ्जीव भीरपानी । “उनको घर मेरोबाट चार–पाँच घण्टा टाढा थियो, भेट्न सजिलो थिएन”, सञ्जीव भन्छन् । परिवारको डरले दुवैले सम्बन्धलाई गोप्य नै राख्न चाहे । “गाली गर्छन् भनेर कसैलाई भनेकै थिइनँ”, रमिला अझै लजाउँछिन् ।

भूकम्पका वेला सञ्जीव पुल्चोकस्थित रेस्टुरेन्टमा काम गर्थे । रमिला भने गाउँमै कक्षा–९ मा पढिरहेकी थिइन् । दिदीभिनाजुसँगै सञ्जीवलाई पनि भेट्न पाइने अभिलाषाले उनलाई काठमाडौंसम्म डो¥याएको थियो । “भुईंचालो अघिसम्म हामीलाई उनीहरूको सम्बन्धबारे थाहै थिएन”, रमिलाका भिनाजु राजन श्रेष्ठ भन्छन्, “त्यत्रो विपत्बाट बाँचे, अब जीवनभर सँगै रहुन् भन्ने लाग्छ ।”

भूकम्पपछिको नयाँ जीवनबाट उत्साहित सञ्जीव–रमिलालाई चोटको चिन्ताले सताउन भने छाडेको छैन । बैसाखीको सहायतामा हिंडिरहेकी रमिला अहिले पनि भाँच्चिएको खुट्टाको उपचार गराइरहेकी छन् । तिघ्रामा राखिएको रड निकाल्नै बाँकी छ । स्कूल जानै सकेकी छैनन् । “अहिले जतिसक्दो चाँडै निको हुनुछ, अनि मात्र भविष्यबारे सोच्छु”, उनी भन्छिन् । सञ्जीव पनि भाँच्चिएको बायाँ हातबारे चिन्तित छन् । हात निको भइसकेको छ तर डाक्टरले गह्रौं वस्तु नउठाउनु भनेका छन् । उनी भन्छन्, “अरुका लागि मेरो चोट सामान्य लाग्छ, तर बलको काम गर्न समस्या छ ।”

भूकम्पको सम्झना दुवैका लागि मन बुझाउने उपाय बनेको छ । “जब हामी फोनमा कुरा गर्छौं, भुईंचालो सम्झिहाल्छौं, एकअर्कालाई सान्त्वना दिन्छौं”, सञ्जीवको भनाइ छ । भूकम्पको त्रासद बिहानीको नौ महीना बितेको छ । दुवै चोटबाट मुक्त हुन संघर्षरत छन् । तर, सँगै बस्ने दिनको पर्खाइ पनि उत्तिकै छ । “मनले खाएको मान्छे भेटेको छु, भुईंचालो होस् या नहोस्, माया गरिरहन्छु”,

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar