• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » पोखराको बेगनासतालमा फेला परेको शवको पहिचान, २६ वर्षकी युवती खिममाया पुन
पोखराको बेगनासतालमा फेला परेको शवको पहिचान, २६ वर्षकी युवती खिममाया पुन

काठमाडौँ, २९ माघ - पोखराको बेगनासतालमा मंगलबार एक महिलाको शव पानीमा डुबेको अवस्थामा भेटियो।

बिहान ११ बजेतिर स्थानीय वासिन्दाले तालमा शव तैरिएको देखेर प्रहरीलाई खबर गरेका थिए। प्रहरीले शव तालबाट बाहिर निकाल्यो तर पहिचान खुलेन।

दुई दिनपछि बल्ल प्रहरी शव पहिचान गर्न सफल भएको छ। उनी रहिछिन् लेखनाथ नगरपालिका १२ बस्ने २६ वर्षकी खिममाया पुन।

कास्की प्रहरी प्रमुख एसपी हरि पालले यसअघि शव हेर्दा कर्तब्य गरेर मारेको जस्तो देखिँदैन, बाटोबाट चिप्लिएको पनि हुन सक्छु भनेका थिए। कुनै चोटपटक नलागेकाले तालमा आफै डुबेको हुनसक्ने प्रहरीको अनुमान छ। प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको प्रहरी प्रमुख पालले जानकारी दिए।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar