• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » म्याग्दी घर हाल पोखरामा बसोबास गर्ने कामबाट फर्किदै गर्दा हत्या गरि १९ बर्षिया नेहा पुनको शब घर नजिकै फेला परेको छ - पढ्नुहोस् पुरा खबर अनि प्रतिकिरिया दिन्नुहोस...
म्याग्दी घर हाल पोखरामा बसोबास गर्ने कामबाट फर्किदै गर्दा हत्या गरि १९ बर्षिया नेहा पुनको शब घर नजिकै फेला परेको छ - पढ्नुहोस् पुरा खबर अनि प्रतिकिरिया दिन्नुहोस...

पोखरा १५ नयाँ गाउँमा एक युवतीको बलात्कारपछि हत्या भएको छ । मंगलवार विहान हत्या गरी फालिएको अबस्थामा १९ बर्षिय युवतीको शव फेला परेको हो । सोहि ठाँउ निवासी नेहा भन्ने योरुना पुनको हत्या गरि फालेको अवस्थामा भेटिएको हो ।
शवको प्रकृति हेर्दा बलात्कारपछि हत्या गरिएको आशंका प्रहरीले गरेका छ । उनको शव अर्धनग्न अबस्थामा भेटिएको थियो । टाउकोमा गहिरो चोट रहेको प्रहरीले जानकारी दिएको छ । उनलको कुनै बस्तुले हानेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । घटनाबारे अनुसन्धान सुरु भएको प्रहरी निरिक्षक वेद प्रकाश जोशीले जानकारी दिए । शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा राखिएको छ ।
मृतक युवति पोखराको न्यूरोड स्थित स्माईल क्याफेमा लेखामा कार्यरत थिईन् । दैनिक विहान काममा जाने र राती ७÷८ बजे फर्कने उनीे साझ नफिर्किएपछि आफन्तले खोजी सुरु गरेका थिए । घर नजिकै खाली स्थानमा कालो कपडाले छोपेर फालिएको अबस्थामा शव देखेपछि स्थानियले प्रहरीलाई खबर गरेका थिए । अयन्त्र हत्या गरी सो स्थानमा ल्याएर शव फालिएको प्रहरीले आशंका गरेको छ । प्रहरीले कुकुर सहितको टोली परिचारन भई खोजी हत्याराको खोजी कार्य थालेको छ ।



Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar