• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » भोलिदेखि प्रधानमन्त्रीको भारत भ्रमण, यस्तो छ भ्रमण तालिका
भोलिदेखि प्रधानमन्त्रीको भारत भ्रमण, यस्तो छ भ्रमण तालिका

प्रधानमन्त्री ओली फागुन ७ गते अर्थात भोलि भारतका लागि नेपालका राजदूत दीपकुमार उपाध्यायले ६६ औं राष्ट्रिय प्रजातन्त्र दिवसका उपलक्ष्यमा आयोजना गर्ने स्वागत कार्यक्रममा सरिक हुनेछन् ।

यस्तै प्रधानमन्त्री ओली फागुन ८ गते राष्ट्रपति भवनमा हुने विशेष स्वागत समारोहमा सरिक हुनेछन् र उनले सेनाको सलामीको निरीक्षण गर्नेछन् । त्यसपछि उनले राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा पुगी श्रद्धान्जलि अर्पण गर्नेछन्। सोही दिन प्रधानमन्त्री ओलीले हैदरावाद भवनमा भारतीय प्रधानमन्त्रीसँग आपसी हितका विषयहरुमा औपचारिक बैठक गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

नयाँ दिल्लीमा रहँदा प्रधानमन्त्री ओलीले भारतका राष्ट्रपति प्रणव मुखर्जी र उपराष्ट्रपति मोहम्मद हमिद अन्सारीसँग भेटवार्ता गर्नेछन् । यस्तै भारत सरकारका केही वरिष्ठ सदस्यहरुले पनि प्रधानमन्त्री ओलीसँग भेटघाट गर्नेछन् ।

ओलीले सप्रु भवनमा आयोजना हुने भारतीय विश्व सम्बन्ध परिषद्का साथसाथै भारतीय व्यापारिक समुदायको एक कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
प्रमुख भारतीय सञ्चार माध्यम र नेपाली समुदायसँगको एउटा अन्तक्र्रिया कार्यक्रममा पनि उनी सहभागी हुनेछन्।

प्रधानमन्त्री ओलीले उत्तराखण्डको तेहरी जलस्रोत परियोजनाको पनि निरीक्षण गर्नेछन्। त्यसैगरी, उनले गुजरातको भुज पुगेर त्यहाँ भूकम्पपछि थालिएको पुनःनिर्माणका कार्यहरुबारे जानकारी लिनेछन् । उनले महाराष्ट्र राज्य मुम्बईका प्रतिष्ठित व्यापारीहरुसँग पनि भेटघाट गर्नेछन् । उनको फागुन १२ गते स्वदेश फर्कने कार्यक्रम रहेको छ । भारतमा रहँदा उनी नयाँ दिल्लीस्थित राष्ट्रपति भवनमा राजकीय पाहुनाका रुपमा बस्नेछन् ।
को को छन् भ्रमण टोलीमा ?
प्रधानमन्त्री ओलीसँगै उनकी धर्मपत्नी राधिका शाक्य रहनेछिन् । यस्तै उपप्रधानमन्त्री तथा परराष्ट्र मन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री शक्तिबहादुर बस्नेत र प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल पनि टोलीमा रहनेछन् ।
यसैगरी, राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत, व्यवस्थापिका–संसद्का सदस्यहरु, नेपाल सरकारका मुख्यसचिव र सचिवहरु तथा विभिन्न मन्त्रालयका उच्चपदस्थ अधिकारी, सञ्चारकर्मी तथा व्यापारिक समुदायका प्रतिनिधिहरु पनि भ्रमण दलमा रहेका छन्

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar