• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
» नेहा पुनकाे हत्या आरोपित पक्राउ - NEHA PUN'S MURDERER ARRESTED BY POLICE [BREAKING NEWS]
नेहा पुनकाे हत्या आरोपित पक्राउ - NEHA PUN'S MURDERER ARRESTED BY POLICE [BREAKING NEWS]

हालै पाेखरामा हत्या गरिएकाे नायिका नेहा पुनको हत्यामा संलग्नलाई पक्राउ गर्न कास्की प्रहरी सफल भएको छ ।
प्रहरी स्रोतका अुनसार न्यूरोडका सतीश खड्गी नेहा हत्या अभियोगमा पक्राउ परेका हुन् ।
सतीशले नेहाको हत्या गरेको प्रहरीसामू स्वीकार गरेका छन् । सतीशले १८ गते राती नेहाको हत्या गरेको प्रहरी बयानका क्रममा स्वीकार गरेका हुन् ।
हत्या गरेको राती सतीश नेहालाई घर पुराउन गएका थिए । स्रोतका अनुसार, उनीहरु लेकसाइड हुँदै घर जाँदै थिए । सतीशले घर नजिकै पुुगेपछि नेहासँग यौन सम्पर्ककाे प्रस्ताव राखेको बुझिएको छ । नेहाले नमानेपछि सतीशले जबरजस्ती गर्न थाल्दा नेहाले मुुख छाडेको बुुझिएको छ । नेहाले गाली गरेपछि ‘मुख छाड्छेस्’ भन्दै सतीशले नेहाको टाउकोमा हेल्मेट प्रहार गरे । ३/४ पटकसम्म हेल्मेटले टाउकोमा हानेपछि नेहा त्यही ढल्न पुगिन ।
सतीशले नेहालाई त्यही छाडेर भागेको प्रहरी बयानबाट खुलेको छ ।
शुरुमा सतीशले नेहालाई इन्द्रचोकसम्म पुराएर अाफू फर्केकाे बयान दिएका थिए ।
केटी मान्छेलाई त्यति राती घरदेखि त्यति पर छाड्ने कुरै हुँदैन । प्रहरीले अनुसन्धान जारी राख्यो । सबै प्रमाण जुट्दै गर्दा सतीशले प्रहरी सामु आफूले हत्या गरेको स्वीकार गरेको समाचार आजको समाधान राष्ट्रिय दैनिकले छापेको छ ।

Labels:

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar