• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » चुरोटको लतबाट छुटकारा चाहनुहुन्छ ? यसो गर्नुहोस ....
चुरोटको लतबाट छुटकारा चाहनुहुन्छ ? यसो गर्नुहोस ....

स्वास्थ्यका लागि हानिकारक धुम्रपानको लत लागेका कैयौले चाहेर पनि लत छोड्न सकिरहेका हुँदैनन् । चुरोटको अम्मली भएपछि झट्ट छाड्न गाह्रो भएको अधिकांशको भोगाइ छ । यदि तपाँइ पनि चुरोटको लतमा हुनुहुन्छ र छाड्न चाहनुहुन्छ भने तपाइँका लागि उपयोगी केहि उयायहरु सबैभन्दा पहिला त तपाँइले धुम्रपान त्याग्ने कुरामा दृढ संकल्प राख्नुपर्छ । म कुनैपनि हालतमा छोड्छु भन्ने संकल्प मनमा राख्नुपर्छ । कारण जे भएपनि अरु कसैले तपाँइलाई चुरोटको लतबाट छुटाउन सक्दैन । च्विंहगम पनि चुरोटको लतबाट छुटकारा पाउन उत्तम विकल्प मानिन्छ । च्विंहगमखानाले चुरोटको तलतल मेटाइदिन्छ । तर अध्यधिक च्विंहगम खानुपनि हानिकारक हुनेहुनाले सुगर फ्रि र मिन्ट सहितको च्विंहगमखानु उपयुक्त हुन्छ । अधिकांशको बानी हुन्छ सामान्य थकाइ र तनाव भएपनि चुरोट खाइहाल्ने । यस्ता व्यक्तिले योग गर्नु उत्तम हुने विज्ञको सुझाव छ ।नियमित योगले थकाइ र तनावमुक्त बनाउने हुनाले चुरोटबाट टाढा रहन सजिलो हुन्छ । चुरोटको अम्मलीहरु केहि खाना साथ चुरोट लिनैपर्ने स्वभावका हुन्छन् । त्यसैले केहि खाना साथ सौफ,सुपारी,ल्वांग,सुकमेल खाइहाल्नु राम्रो हुन्छ । अथवा केहि खाना साथ पारिवारसँगै बस्ने र अन्य काम शुरु गरिहाल्ने गर्नु राम्रो हुन्छ । त्यस्तै चुरोट छाड्न चाहनेका लागि हरियो चिया ग्रिन टी लाभदायक हुन्छ । विज्ञका अनुसार ग्रिन टी नियमित खानाले चुरोट खाने इच्छा कम हुँदै जान्छ ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar