पेट्रोल बोकेको ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा युवकको घटनास्थलमै मृत्यु
चैत २, झापामा सोमबार राति पेट्रोलियम पदार्थ बोकेको ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक युवकको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यलय झापाले झापाको झिलझिले सडक खण्डमा पूर्वबाट पश्चिम जाँदै गरेको को १ ख १७८८ नम्बरको टयांकरले ठक्कर दिँदा स्थानीय शिवसताक्षी ९ का २२ वर्षीय मनहाङ्ग सेलीङ्ग लिम्बुको घटनास्थलमै मृत्यु भएको जनाएको छ।
इलाका प्रहरी कार्यलय झिलझिलेका प्रहरी निरीक्षक प्रकाश गुप्ताले सोमबार राति मे ४ प ५४९४ नम्बरको मोटर साईकलसहित सडक किनारमा उभिएका सेलिङ्गलाई ट्यांकरले ठक्कर दिएको बताएका छन् । ट्यांकरको ठक्करबाट उक्त मोटरसाईकलमा पनि क्षति पुगेको छ।

0 comments
Write Down Your Responses