• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » साउदीबाट श्रीमानले पठाएको २० लाख लिएर श्रीमती यसरि पुगिन युएई !
साउदीबाट श्रीमानले पठाएको २० लाख लिएर श्रीमती यसरि पुगिन युएई !

साउदीमा रहेका श्रीमान विष्णुले पठाएको २० लाख रुपैयाँ लिएर सुन्तली वाइबाले कुवेत पुगें भनेपछि परिवारका सदस्य खोजिदिन आग्रह गर्दै विभिन्न संस्थामा धाइरहेका छन् । जिल्ला विकास समिति सिन्धुलीमार्फत सन्चालित वैदेशिक रोजगारका लागि सुरक्षित आप्रवासमा पुगेका सुन्तलीका ससुरा रामबहादुर पाख्रिन र सासु जिवन्तरीले जिल्ला प्रहरी कार्यालयमा पनि निवेदन दिनुभएको छ । तर माघदेखि हराएकी सुन्तली कहाँ छिन् भन्ने नै टुङगो छैन । घरबाट बेपत्ता भएको झण्डै एक महिनापछि फागुन १६ गते घरमा फोन गरेर आफु कुवेत आएको र चिन्ता नगर्न आग्रह गर्दै फोन त गरिन् । तर गाउँबाट विदेश गएकाहरुले सुन्तलीले गरेको फोन नम्बर कुवेतको नभई युएइको हो भनेपछि परिवारमा चिन्ता अझै थपिएको छ । सूचना तथा परामर्श केन्द्रको सहयोगमा एमआरपी लिएको मिति र पासपोर्ट नम्बर जिल्ला परशासन कार्यालयबाट पत्ता लगाएर एसएमएसबाट पनि जाँच गरी हेर्दा यसबाट २०१६ फेब्रुअरी ४ मा श्रम स्वीकृति भएको र वार्ड वर्कर एनएमसी हेल्थकेयर, द गोर्खा रे ई मेनपावर मार्फत यूएईमा गएको देखियो । त्यति मात्रै होइन सुन्तलीको तलब १३ सय रुपैयाँ पनि थाहा भयो । तर सुन्तलीले गरेको फोन अहिले अफ भएपछि उनी कहाँ छिन् भन्ने थाहा हुन सकेको छैन । ‘यत्ति धेरै जानकारी भएपछि त पठाउने म्यानपावरले घर फर्कादिन सहयोग गर्छ कि भन्ने आशाले म्यानपावर पनि पुग्यौ, तर हाम्रा कुरा सुन्दै सुनेन’ रामबहादुरले दुखेसो पोख्नुभयो । सुन्तली आफुलाई केही भन्दै नभनी विदेश पुगेको भनेपछि रामबहादुर र जीवन्तरी भन्दा अहिले साउदीमा रहेका श्रीमान विष्णुलाई पर्नु पीर परेको छ । ड्राइभरको काम गर्ने विष्णुले हरेक महिनाको कमाई सुन्तलीकै बैंक खातामा पठाउनुहुन्थ्यो । सुन्तलीलाई सदरमुकाममै राखेर पढाउनुभयो । सुन्तलीले सदरमुकाममै बसेर बीएड पनि पास गर्नुभएको छ । सुन्तलीले पढाईमा गरेको प्रगति देखेर श्रीमान विष्णु पनि दंग हुनुहुन्थ्यो । तर अहिले त्यो खुसी दुःखमा बदलिएको छ । ‘एक वर्षपछि घर फर्किएर सदरमुकामतिरै एउटा सानो घर बनाएर खुशीसँग बस्ने सपना थियो’ विष्णुले फोनमा भन्नुभयो ‘तर यो त सपना मात्रै पो हुनेभयो ।’ सुन्तलीले घर छोडेर हिँडेपछि विष्णुको पुरानो घाउ पनि बल्झिएको छ । पहिला बिहे गरेकी श्रीमतीले आफुलाई विदेशमै हुँदा छाडेर गएपछि विष्णुले नेपाल आएर सुन्तलीसँग बिहे गर्नुभएको थियो । त्यसपछि सुन्दर भविष्यको कल्पना गर्दै विदेश गएका विष्णुको योजना सुन्तली एकाएक विदेश गएपछि चकनाचुर भएको छ । श्रीमती भन्दै नभनी विदेशिएपछि दिनरात पिरोलिरहेको बताउने विष्णु भन्नुहुन्छ ‘जसरी भए पनि सुन्तलीलाई नेपाल झिकाउनु पर्‍यो ।’ सुन्तलीको खोजीका प्रवासी नेपाली सवन्वय समितिमार्फत पनि पहल गरिएको जिल्ला विकास समिति सिन्धुलीका सामाजिक विकास अधिकृत तथा वैदेशिक रोगार सुरक्षित आप्रवासन सामी परियोजनाका फोकलपर्सन सागरकुमार ढकालले जानकारी दिनुभयो ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar