वियरको बोतलले हानेर छोराले गरे आफ्नै बाबुको हत्या भिडियो हेर्नुहोस्
चैत १२, सिरहामा वियरको बोतलले हानेर छोराले बाबुको हत्या गरेका छन्।
सिरहाको धनगडिमाई नगरपालिका १० को सदाय बस्तीमा छोराले वियरको बोतलले हानेर बाबुको हत्या गरेका हुन् ।
इलाका प्रहरी कार्यालय लहानका डीएसपी राजकुमार केसीले ४८ वर्षीय लक्ष्मी सदायलाई हत्या गरेको आरोपमा १९ वर्षीय छोरा सन्जय सदालाई पक्राउ गरिएको जानकारी दिएका छन् ।
सन्जयले समान्य विवाद हुँदा बाबुमाथि वियरको बोतलले हानेको प्रहरीले बताएको छ। बियरको बोतलले लागेर टाउकोमा गम्भीर चोट लागेका लक्ष्मीको उपचार अभावमा घटनास्थलमै मृत्यु भएको थियो।
स्थानीले घटनास्थलमा प्रहरी टोली ढिला पुगेकाले उपचार केन्द्रसम्म पुर्याउन नपाउँदै उनको मृत्यु भएको बताएका छन् । उक्त घटनाबारे अनुसन्धान भईरहेको डीएसपी केसीले जनाएका छन् ।

0 comments
Write Down Your Responses