उत्तर कोरियाले ताेक्याे अमेरिकी नागरिकलाई १५ वर्ष जेल सजाय
उत्तर कोरियाले अमेरिकी एक नागरिकलाई नियन्त्रणमा लिएकाे छ । अाफ्नाे देशविरूद्ध गतिविधि गरेकाे भन्दै उत्तर काेरियाले १५ वर्षकाे जेल सजाय ताेकेकाे छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार २१ वर्षीय अमेरिकी नागरिक ओटो वामवियरलाई गत जनवरीमा प्योङयाङस्थित सुनान अन्तर्राष्ट्रियविमानस्थलबाट पक्राउ गरिएको थियो । एक राजनीतिक प्रचारको स्लोगन चोर्ने प्रयास गरेको आरोपमा उनलाई पक्राउ गरिएको उत्तर कोरियालीले बताएकाे छ ।
उता अमेरिकी राष्ट्रपति कार्यालय ‘ह्वाइट हाउस’ ले अाफ्ना नागरिकलाई तत्काल रिहाई गर्न माग गरेकाे छ । इट हाउसका प्रवक्ताले उत्तर कोरियामाथि आफ्नो राजनीतिक एजेण्डाका लागि अमेरिकी नागरिकलाई ढालको रुपमा प्रयोग गरेको आरोप लगाएका छन् ।
उत्तर कोरियाली संचारमाध्यमका अनुसार उनलाई उत्तर कोरियाविरुद्ध अपराध गरेकोमा दोषी पाइएको छ ।
ओटो भर्जिनिया विश्वविद्यालयका छात्र हुन् । २ जनवरीमा उनी अमेरिका फर्कने क्रममा प्योङयाङको विमानस्थलमा पुग्दा उत्तर कोरियाली सुरक्षाकर्मीले उनलाई पक्राउ गरेका थिए । उनीमाथि तत्काल शत्रुतापूर्ण व्यवहारको आरोप लगाइएको
थियो । पछि उनले उत्तर कोरियाको सरकारी टेलिभिजनमा अपराध स्वीकार गरेको दृष्य देखाइएको थियो । उनले भनेका थिए, ‘मलाई एउटा चर्चको समूहले आफ्नो यात्राका क्रममा भेटिने अविस्मरणीय चीज ल्याउन भनेको थियो ।’
गत फेब्रुअरीमा पत्रकार सम्मेलनमा रुँदै उनले भनेका थिए, ‘मैले एउटा होटलबाट राजनीतिक स्लोगन आफ्नो डायरीमा उतार्ने प्रयास गरेको थिएँ, तर मेरो जीवनकै त्यो सबैभन्दा ठूलो गल्ती थियो ।’


0 comments
Write Down Your Responses