• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » अन्नपूर्ण पोस्टबाट - जाँदाजाँदै ह्यारीले भने, फेरि नेपाल आउन सक्छु
अन्नपूर्ण पोस्टबाट - जाँदाजाँदै ह्यारीले भने, फेरि नेपाल आउन सक्छु

काठमाडौं, १८ चैत - ११ दिन लामो नेपाल बसाइ सकेर बेलायती राजकुमार ह्यारी बुधवार साँझ स्वदेश फर्केका छन्।

कतार एयरवेजको उडानबाट राजकुमार ऋयारी बुधवार बेलुकी  सवा ९ मा दोहा हुँदै बेलायत फर्केका हुन्। संघीय मामिला राज्यमन्त्री कुन्ती शाहीले ह्यारीलाई त्रिभुवन विमानस्थलमा विदाइ गरिन्।

प्रस्थान गर्नुअघि भावुक मुद्रामा देखिएका ह्यारीले राज्यमन्त्री शाही र सरकारी अधिकारीसँग बिदाईका क्रममा भने,‘म तपाईँहरुको सुन्दर मुलुकबाट प्रभावित भएँ। मौका मिले फेरि पनि भविष्यमा यहाँ आउन सक्छु। न्यायो आतिथ्यताका लागि धन्यवाद।’

चैत ६ गते नेपालको औपचारिक भ्रमणका लागि आएका बेलायतका कान्छा राजकुमार ह्यारीले आफ्नो भ्रमण अवधि ६ दिन थपेका थिए।

औपचारिक भ्रमणको अन्तिम दिन चैत १० गते बसाइ लम्ब्याएका उनले भूकम्पका कारण क्षतिग्रस्त नेपालका लागि सानै सहयोग भएपनि गर्छु भन्दै नीजि भ्रमण गरेका थिए।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar