• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » आत्महत्या गर्नुअघि उनले लेखिन् “ म श्रीमान्लाई आफुभन्दा धेरै माया गर्थे तर उसले मेरो पैसा ....... (भिडियो हेर्नुहोस)
आत्महत्या गर्नुअघि उनले लेखिन् “ म श्रीमान्लाई आफुभन्दा धेरै माया गर्थे तर उसले मेरो पैसा ....... (भिडियो हेर्नुहोस)

श्रीमान्ले आफुलाई भन्दा पैसालाई माया गरेको भन्ने नोटिस लेख्दै उदयपुरमा एक महिलाले बुधबार आत्महत्या गरेकी छिन् । पाँचथर माईती भई उदयपुरको भुट्टार गाविस वडा नं. २ का सिद्धीकुमार भनिने शिव खड्कासंग विवाह गरी गाईघाटमा डेरागरी बस्दै आएकी अन्दाजी २५ बर्षिया सविना राईले विष सेवन गरी आत्महत्या गरेकी हुन् । दश बाह्रदिनदेखि श्रीमान्ले एक्लो बनाई कोठामा छाडेर हिडेको अवस्थामा उनले सुसाईड नोटिस लेखि आत्महत्या गरेको प्रहरीले जनाएको छ । भ्mयाल ढोका सबैतिर चुकुल लगाई विषसेवन गरी मृत्यु भएको अवस्थामा बुधबार दिउसो साढे १२ बजेतिर घरबेटीले थाहा पाई प्रहरीलाई खबर गरेका थिए । अबेरसम्म पनि चालचुल नगरेपछि चियोचर्चा गर्दा मृतअवस्थामा देखेर प्रहरीलाई खबर गरेको घरवेटी रमादेवी थापाले बताउनुभयो । प्रहरीले ढोकाको भित्रि चुकुल खोलेर सर्जमिन मुचुल्का उठाउनुका साथै सुसाईडनोट सुरक्षित गरेको छ ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar