• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » बिहे गर्न युवतीको यस्तो शर्तले हुनेवाला पतिको घरमा परिवार छक्क परे हेर्नुहोस भिडीयो सहित
बिहे गर्न युवतीको यस्तो शर्तले हुनेवाला पतिको घरमा परिवार छक्क परे हेर्नुहोस भिडीयो सहित

एजेन्सी: बिहेबन्धनमा बाँधिनुअघि एक युवतीले राखेको शर्तले उनका हुनेवाला पतिको घरमा मानिस चकित परेका छन् । बिहेको मिति छिनोफानो भइसकेको अवस्थामा युवतीले राखेको शर्तले उनीहरु अलमलमा मात्रै परेनन् एक पटक सोच्नसमेत बाध्य भए ।
प्रियङ्काका नामकी ती युवतीले आफ्ना हुनेवाला पतिका परिवारलाई १० हजार बिरुवा नरोपेसम्म बिहे नगर्ने अडान राखेकी हुन् । युवतीका हुनेवाला पतिका परिवारले सुरुमा यो कुरालाई सुरुमा अनौठोरुपमा लिएपनि तर त्यो शर्त मान्न तयार भए । केटा पक्षले प्रियङ्का भदोरियाको माग पुरा मात्रै गरेनन् गत शुक्रबार आफ्नो छोराको बिहे उनैसँऊ धुमधामसँग गरिदिए ।
 प्रियङ्का मध्यप्रदेशको भिन्डस्थित किशीपुरा गाउँकी बासिन्दा थिइन् । बिहेको कुरो छिन्नुअघि उनका हुने हुनेवाला पतिले उनको चहानाबारेमा सोधेका थिए । सामन्यता आमयुवतीहरु गहना र कपडा माग्छन् तर प्रियङ्काले यी सबै कुराको साटो आफ्नो हुनेवाला पतिसँग १० हजार रुखका विरुवा रोप्ने शर्त राखिन् । प्रियङ्काले १० वर्षदेखि रुख रोप्दै आएकी छन् ।जंगल बढाउने अभियानमा रहेकी प्रियङ्काको बिहे पनि संयोगवश इन्टरनेशनल अर्थ डेकै दिन भयो ।
 प्रियङ्काका पति रवि चौहान पनि आफ्नी पत्नीको सुझबुझबाट धेरै खुसी छन् । आफ्नी पत्नी पर्यावरणप्रति यति सजग रहेकोमा उनले हर्ष व्यक्त गरेका छन् । प्रियङ्काले १० हजार बिरुवामा ५ हजार आफ्नो माइती गाउँमा र ५ हजार आफ्नो नयाँ गाउँमा लगाउने शर्त राखेकी थिइन् । देशको ठूलो भूभाग सुख्खा र खडेरीले संकटग्रस्त रहेका बेला प्रियङ्काको यो कदमले देशविदेशमा पनि चर्चा पाइरहेको छ ।

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar