• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Health, Video » जानीराखौं छाला र कपालको सौन्दर्यका लागि काँक्रो खानुका फाइदाहरु
जानीराखौं छाला र कपालको सौन्दर्यका लागि काँक्रो खानुका फाइदाहरु

प्रशस्त पाइने काँक्रो गर्मीमा बढी रुचाइने सलाद हो। होटेल, रेस्टुरेन्टमा मात्र होइन अहिले घर-घरमा काँक्रो सलादको रुपमा प्रयोग गर्ने गरेको पाइन्छ। तर काँक्रो सलाद मात्र नभएर छाला र कपालको लागि अत्यन्तै उपयोगी फल हो। यसले कपाललाइ मजवुत बनाउँछ भने छालालाई नरम पनि बनाउँछ।

काक्रोमा भिटामिन ’के’ र ’सी’ प्रशस्त मात्रमा हुन्छ। यसका साथै म्याग्नेसियम पनि पाइन्छ। काँक्रोमा पाइने बिटा करोटिनले कपल र छालालाई सुन्दर बनउँन मद्धत गर्दछ।

काँक्रोमा ९५ प्रतिशत पानी हुन्छ। त्यसैले यसको नियमित सेवनले मानिसको छाला सँधै नरम बनाइदिन्छ। छाला नरम भएपछि मानिसमा छिट्टै बुढोपन देखिँदैन। साथै, गर्मीमा हुने हिडाइड्रेसनको समस्यालाई पनि कम गरिदिन्छ।

गर्मीमा हामी घरबाहिर निस्कन्छौं। यो समयमा घामले डढेर छालाको कतिपय भाग कालो हुन्छ। घामले डढेर छाला कालो भएको छ भने काँक्रोको रस निकाल्नुहोस र त्यसका कागतीको रस लगाउनुहोस। अनि त्यसलाई १५ मिनेट सम्म छालामा लगाएर छोडिदिँदा त्यस्तो दाग हट्छ।

यदि गर्मी वा अन्य कारणले तपाईको आँखाको वरपर कालो घेरा बसेको छ भने काँक्रो तपाईको लागि औषधी हुन सक्छ यस्तो समस्या भएका वेला काँक्रोको सानो टुक्रा दाग लागेको ठाँउमा दैनिक १५ मिनेट राखेमा केही दिनमा दाग हट्छ।

Labels: Health, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar