• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » एसएलसी दिन जाँदै गरेका विद्यार्थी दुर्घटनामा
एसएलसी दिन जाँदै गरेका विद्यार्थी दुर्घटनामा

एसएलसी परीक्षा दिन जाँदै गरेका विद्यार्थी चढेको स्कुल बस दुर्घटनामा परेको छ। दुर्घटनामा सामान्य घाइते भएका पाँच जना विद्यार्थी प्राथमिक उपचारपछि परीक्षामा सामेल भएका छन्।

विद्यार्थी चढेको बा२ख ९४१४ नम्बरको बस तुलसीपुर–१५ पर्सेनीमा रोकिराखेको लु१त ७९९३ नम्बरको ट्याक्टरमा मंगलबार विहान ठोकिँदा उक्त दुर्घटना भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ। विहान ८ बजेतिर बिजौरीबाट कालोखोला परीक्षा केन्द्र जाँदै गर्दा बस दुर्घटनामा परेको हो।

दुर्घटनामा परेका विद्यार्थी प्राथमिकक उपचारपछि साढे ८ बजेपछि परीक्षा केन्द्र पुगेका थिए। आधाघन्टा ढिला पुगेका ती परीक्षार्थीलाई आधा घन्टा अतिरिक्त समय प्रदान गरिएको कालोखोलो परीक्षा केन्द्रका केन्द्राध्यक्ष राजीव ओझाले बताए।

केन्द्राध्यक्ष ओझाका अनुसार घाइते विद्यार्थीमध्ये अधिकांशको टाउकोमा चोट लागेको छ। घाइते सबै न्यू स्टार बोर्डिङ स्कुल बिजौरीका विद्यार्थी हुन्।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar