• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » कोसेली प्रकाशनको बुर्काबारे गलत बुझाई
कोसेली प्रकाशनको बुर्काबारे गलत बुझाई

काठमाडौं, १३ बैशाख । कोसेली प्रकाशनले कक्षा १० को सामाजिक शिक्षा बिषयक किताबको सामाजिक कुरीति भन्ने पाठमा मुस्लिम महिलाहरुले लगाउने बुर्का/ हिजाब बारे लेखेर विधार्थीमा भ्रम सिर्जना गरेको छ ।
प्रकाशनले यस्तो परम्पराले छात्राको स्वास्थ्य र शिक्षामा असर गर्ने कुरा उल्लेख गरेको छ । सामाजिक संजालमा कोशेली प्रकाशनबारे विभिन्न प्रतिक्रिया आइरहदा मुस्लिम क्षेत्रमा काम गर्ने विभिन्न संघ संस्थाले आपति जनाए पछि यस बिषयको समाधानको लागि सभासद जाकिर हुसैनले पहल गरिरहेका छन् ।
सभासद हुसैन भन्नु हुन्छ ,’पहिलाे कुरा पर्दाकाे बारेमा कायम गरेकाे दृष्टिकाेण नै सही छैन । खास गरी मुस्लिम समाजमा महिलाले लगाउने बस्त्र मुलतः “बुर्का” काे बारेमा अन्तर्राष्ट्रियस्तरमै भ्रम फैलाइएकाे छ । अन्तर्राष्ट्रिय भ्रमकाे शिकार नेपाली लेखकहरू पनि हुने गर्दछन् ।
काेसेली प्रकाशन जस्ताे ख्याति कमाएकाे प्रकाशन गृहकाे १० कक्षाकाे पुस्तकमा यस्ताे भ्रामक सामग्री प्रकाशन हुनु सही हाेइन । “पर्दाले महिलाकाे शिक्षा र स्वास्थ्यमा नकारात्मक प्रभाव पार्दछ” भन्नु सत्यमा अाधारित सूचना हाेइन । बालबालिकाहरूलाई गलत पढाउनु हुँदैन ।
पर्दा कुनै पनि मानेमा सामाजिक विकृति हाेइन । प्रकाशकले युवतीहरूले लगाउन थालेकाे चार इन्चकाे स्कर्टलाई विकृत भन्दैन तर मुस्लिम संस्कृति र मुसलमानकाे अास्थामाथि प्रशार गर्न चाहिँ रमाउनुहुन्छ । यस्ता हर्कतहरूले सामाजिक सद्भाव खलबलिन्छ । प्रकाशकले तुरून्त सच्याएर पुस्तकलाई बजारमा ल्याउनु पर्छ ।’

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar