गुल्मीमा आत्महत्या गर्नेको सख्या ५२ पुग्यो ...पुरा पढौ !!
जिल्लामा गत तीन वर्ष यता प्रतिवर्ष कम्तीमा ५० जनाले आत्महत्या गरेको विवरण जिल्ला प्रहरी कार्यालय गुल्मीमा रहेको छ । आर्थिक वर्ष २०७२–०७३ को बैशाख सम्म ५२ जानले आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका मुद्दाशाखाका प्रहरी सहायक निरिक्षक सत्यनारायण यादवले जानकारी दिनुभयो । आत्महत्या गर्नेमा १७ जना महिला, ३१ जना पुरुष, १ जना बालक, विष सेवन गरि १ जना महिला र २ जना पुरुषले आत्म हत्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीको तथ्याङ्कमा उल्लेख छ । आर्थिक वर्ष २०६९–०७० मा गुल्मीमा ५२ जनाले आत्महत्या गरेका थिए । २०७०–०७१ सालमा ५३ जनाले आत्महत्या गरेका थिए । २०७१–०७२ मा ५० जनाले आत्या माहत्या गरेका थिए भने यस आर्थिक वर्षमा ५२ जनाले आत्माहत्या गरेका छन् । आत्महत्या गर्नेहरु ८४ वर्षिया बृद्ध देखि ११ वर्षिय बालक समेत रहेका छन् । विवाहितले बढी मात्रामा आत्महत्या गर्नुको कारण वैदेशिक रोजगार पनि एक भएको पाईएको छ । बढी मात्रमा गरिबी, दिर्घ रोगी, पारिवारिक कलह, अनुचित सम्वन्ध, वसाई सराई र प्रेममा असफल आत्माहत्याको कारण देखिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक महेन्द्र नेपालले जानकारी दिनुभयो ।आत्महत्या न्युनिकरणका लागि अव चेतना मुलक कार्यक्रम विशेष गरी गरिबीले आक्रन्त परिवार, दिर्घ रोगी, मादक पदार्थ र अन्यलागु पदार्थको कुलतले जीवन देखि नै निराश भएकाहरुबीच जनचेतना मुलक कार्यक्रमहरु राख्नुपर्ने जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक नेपालले जानकारी दिनुभयो । आत्महत्या न्यूनिकरणका लागी सरकारी गैर सरकारी, कार्यालयहरु, नागरिक समाजसहितको टोलीले गाउँ गाउँमा व्यापक रुपमा सचेतना मुलक कार्यक्रमहरु बढाउनुपर्ने नेपालको भनाई छ ।

0 comments
Write Down Your Responses