• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Health, News, Video » यि हुन् हरियो केराउमा पाइने फाइदा र वेफाइदा
यि हुन् हरियो केराउमा पाइने फाइदा र वेफाइदा

हरियो केराउ मन नपराउने मानिसहरु निकै कम होलान्। हरियो केराउको मौसम सुरु भएसँगै मानिसहरुको यसप्रतिको लोकप्रियता पनि बढ्ने गर्छ। तर हरियो केराउले शरीरलाई फाईदा मात्र गर्छ भन्ने छैन। कतिपय अवस्थामा यसले वेफाइदा पनि गरिरहेको हुन्छ।

त्यसैले हरियो केराउ खाँदा शरीरको अवस्थालाई पनि ध्यानमा राख्नुपर्छ।

फाइदा
मोटोपन कम गर्छः
हरियो केराउमा फ्याट र क्यालोरी निकै कम हुन्छ। फाइबर भरपुर मात्रामा पाइने भएकाले यसले शरीरमा बोसो जम्न दिदैँन।

महिनावारीमा आरामः
स्त्रीहरुमा हुने माहिनावारीसँग सम्बन्धीत सबै प्रकारका समस्या टाढा राख्न मद्दत गर्छ। समयमा महिनावारी नहुनु, बढी रगत बग्नु, माहिनावारीका समयमा हुने दुखाई आदीलाई कम गर्न मद्दत गर्छ।
पेटको क्यान्सरः
रिसर्चका अनुसार हरियो केराउमा क्यान्सर रोधक तत्व काउमेस्ट्रोल हुन्छ, जसले क्सान्सर कोषीकाहरुको विकास रोक्छ।

मधुमेह नियन्त्रणः
यसमा प्रोटीन र उच्च तत्वका फाइबर पाइन्छन् जसले शरीरमा चिनीको मात्रालाई नियन्त्रण गर्छ। यसले मधुमेहको खतरालाई पनि टाढा राख्छ।

हाडलाई मजबुत राख्छः
भिटामिनले भरिपूर्ण हरियो केराउले हाडलाई निकै मजबुत बनाउँछ। बढ्दो उमेरका साथ हुने अस्टियोपोरोसिस बिमारीबाट पनि आराम दिलाउँछ।

सुन्निएको समस्यामा आरामः
जाडो मौसममा हात, खुट्टामा सुन्निने समस्यामा पनि हरियो केराउले निकै फाइदा गर्छ। शरीर सुन्निएमा केराउ उमालेको पानीले नुहाउनाले शरीरलाई फाइदा गर्छ। शरीरमा कुनै प्रकारको जलन भएमा केराउको लेप लाएमा आराम मिल्छ।

प्रतिरोधात्मक क्षमता बढाउँछः
हरियो केराउमा पाइने आइरन, जिङ्क, म्यागनेसीयम र कपरले विभिन्न प्रकारका रोगहरुबाट बचाउँछ। साथै यसमा पाइने एंटी अक्सिडेन्टले प्रतिरोधात्मक क्षमता पनि बढाउँछ।

छाला चम्किलो बनाउँछः
हरियो केराउको प्रयोगले छाला चम्किलो बनाउँछ। केराउ उमालेर पिध्ने र बेसारमा मिसाएर शरीरमा लगाउनाले छाला चम्किलो हुन्छ र कोमल पनि हुन्छ।

बेफाइदा
प्रजनन शक्तिमा असरः
हरियो केराउ बढी मात्रा खा पुरुषहरुको प्रजनन शक्तिमा असर गर्ने गर्छ। हरियो केराउमा नेचुरल केमिकल एमजाइलोहाइड्रोक्युन पाइन्छ, जसले प्रजनन शक्तिलाई करिब ६० प्रतिशत सम्म कम गर्छ। पुरुषमा मात्र होइन महिलाहरुमा पनि यसको असर पर्ने सम्भावना हुन्छ। गर्भावस्थासँग सम्बन्धीत समस्या पनि उत्पन्न हुन सक्छन्।

ग्यासः
हरियो केराउमा सोल्युबल फाइबर र इन्डाइजेस्टेबल ओलीस्याकेराइडस्को मात्रा बढी हुन्छ, जो सजिलै पचाउन सकिँदैन। यसले पेटमा ग्यासको समस्या उत्पन्न गर्छ।

मात्रा मिलाएर खाने गर्दा हरियो केराउले शरीरलाई धेरै जसो फाइदा नै पुर्‍याउँछ।

Labels: Health, News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar