जापानमा शक्तिशाली भूकम्प : ९ जनाको मृत्यु, ७ सय घाइते
काठमाडौं, ३ वैशाख - जापानमा गएको ६ दशमलब ५ रेक्टर स्केलको शक्तिशाली भूकम्पमा परी ९ जनाको मृत्यु भएको छ।
दक्षिणी क्षेत्र क्यूशु दीपलाई केन्द्रविन्दु बनाएर गएराति गएको भूकम्पमा परी सात सयभन्दा बढी मानिस घाइते भएको बीबीसीले जनाएको छ।
जापानी मौसम विभागका अनुसार स्थानीय समयअनुसार राति ९ बजेर २६ मिनेटमा क्यूशु द्वीपस्थिति कुमामोटो शहरको पूर्वभागलाई केन्द्रविन्दु बनाएर शक्तिशाली भूकम्प गएको हो। भूकम्पको केन्द्र सामुन्द्रिक सतहभन्दा १० किलोमिटर मुनि रहेको थियो।
६ दशमलब ५ रेक्टर स्केलको भूकम्प आएको ४० मिनेटपछि ५ दशमलब ७ रेक्टर स्केलको अर्को झट्का आएको थियो। भूकम्पका कारण कयौं घरहरु स्वस्त भएका छन् भने विद्युत आपूर्ति बन्द भएको छ। भूकम्पकै कारण रेल सेवा पनि रोकिएको छ।
भूकम्प प्रभावित क्षेत्रबाट ४० हजार मानिसलाई बाहिर निकालिएको बीबीसीले जनाएको छ। भूकम्पवाट घरबार गुमाएका पीडितहरुलाई राहत दिने काम चलिरहेको छ।


0 comments
Write Down Your Responses