• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News » नौ वर्षपछि श्रीमानले स्वीकार्दा...
नौ वर्षपछि श्रीमानले स्वीकार्दा...

सोलुुखुम्बुः प्रेमीबाट गर्भवती भएर छोरो जन्माएकी सल्यान–१ सोलुखुम्बुकी कमलकुमारी नेवारलाई उनका प्रेमीले नौ वर्षपछि श्रीमतीको रुपमा स्वीकार गरेका छन् ।

कमलकुमारी गर्भवती भएको थाहा पाएपछि घरबाट हिँडेका सल्यान–१ कै दीपक नेवार बेलाबखत घर आउने गरेको भए पनि कमलकुमारीलाई श्रीमतीका रुपमा स्वीकार गरेका थिएनन् ।


प्रेमीले नस्वीकारेपछि माइतीले समेत उनलाई घरबाट निकालिदिएका थिए ।

केही समयअघि दीपक घर आएको मौका पारी कमलकुमारी र उनकी दिदी सविना नेवारले जिल्ला सेवा केन्द्र सल्लेरीमा उजुरी दिएका थिए ।

उजुरीपछि दुवै पक्षलाई जिल्ला प्रशासन कार्यालयमा बोलाएर छलफल गरेपछि दीपकले बुधबार कमलकुमारीसँग विवाह दर्ता गरी नागरिकता बनाइदिनुका साथै नौ वर्षीय छोराको जन्मदर्ता गरिदिएका घरेलु हिंसा प्रभावितका लागि सेवा केन्द्र सल्लेरीका प्रमुख एकाकुमारी बस्नेतले जानकारी दिइन ।

श्रीमतीलाई नागरिकता र छोराको जन्मदर्ता गरेपछि दीपकले गल्ती स्वीकार गर्दै अब श्रीमती र छोराको राम्रो पालनपोषण गर्ने बताए ।

 कमलकुमारीले पनि नौ वर्षको कठोर सङ्घर्षपछि न्याय पाएको भन्दै खुसी व्यक्त गरिन ।

Labels: News

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar