स्मरण शक्ति घटाउने ७ तत्व यस्ता छन् ! थाहा पाई राखौ र स्मरण शक्ति कम हुन नदिउ ..
मान्छे तनाबमुक्त हुन सक्दैन । तर, तनाव उत्पन्न गराउने केही कुराबाट सचेत हुन सक्यो भने स्मरणशक्ति घट्नबाट जोगिन सकिन्छ । स्मरण शक्ति घटाउने केही तत्वहरु यसप्रकार छन् । राम्रासँग नसुत्नु- करिव ६ देखि ७ घण्टा नियमित निदाउँदा शरीरलाई पूर्ण आराम मिल्छ । शरीरको रिपेयर र मेन्टिनेन्सका लागि निदाउनु जरुरी हुन्छ । निद्रा पुगेन भने पनि शरीरमा केही रसायनहरु सिर्जना हुन्छन् । जसले बढी भोक जगाउने, गुलियो बढी खान मन लाग्ने र मोटाउन सम्भावना त हुन्छ नै स्मरणशक्तिमा समेत असर गर्छ ।धुम्रपानको प्रयोग- सुर्तीमा निकोटिन लगायत अन्य धेरै तत्वहरु हुन्छन् । यसको प्रयोगले रक्त संचारमा बाधा पु¥याउछ र शरीर तथा दिमागमा चाहिने मात्रामा रक्तसंचार हुन पाउँदैन । जसले स्मरणशक्तिलाई समेत प्रभावित पार्छ ।
कफिको अधिकतम प्रयोग- धेरै कफिले पनि दिमागकको रक्त प्रवाह कम गर्छ जसले शरीर र दिमागलाई सुख्खा बनाउँछ । यसकारण राम्रो निद्रा लाग्दैन । राम्रो निद्रा नपर्दा पनि स्मरण शक्तिमा ह्रास आउँछ । बढी टेलिभिजन हेर्दा- दिनको २,३ घण्टा भन्दा बढी टेलिभिजन हेर्नु पनि दिमागका लागि हानिकारक मान्छि । किनभने टेलिभिजन अत्याधिक हेर्दा सम्पूर्ण स्वास्थ्यलाई पार्ने नकरात्मक असर दिमागसम्म पुग्छन् । बढी भिडियो गेम खेल्नाले – आजकल केटाकेटीहरुमा भिडियो गेम खेल्ने चलन निकै बढेको छ । भिडियो गेम खेल्दा त्यसैको लत लाग्छ । जसले दिमागको चौतर्फी विकासमा अवरोध पु¥याउँछ । नकरात्मक दिमाग बनाएर अपराधिक क्रियााकलापमा लाग्न सक्ने समेत अध्ययनहरुले देखाएका छन् ।
पानी कम पिउनाले- हाम्रो शरीरमा करिव ७० प्रतिशत पानीको मात्रा छ । मस्तिष्कमा त पानीको प्रतिशत करिब ८० प्रतिशत छ । दिनमा करिब तीन लिटर पानी शरीरको लागि आवश्यक पर्छ । शरीरमा पानीको मात्रा कम हुँदा दिमागको काममा समेत बाधा पुग्छ । व्यायमको कमी- व्यायामले शरीर तथा मस्तिष्कमा रक्त संचार राम्रो गराउँछ । व्यायम नगर्नेमा मानसिक तनावको मात्रा बढी हुन्छ । जसले गर्दा स्मरण शक्तिलाई कमजोर पार्छ । नकारात्मक सोचाइः नकारात्मक सोचाई राख्नाले तनावका हर्मोन पैदा हुन्छन् । जसले दिमागलाई सिधा असर गर्छन् र स्मरण शक्ति कमजोर हुन्छ ।- स्वास्थ्य खबरपत्रिका


0 comments
Write Down Your Responses