• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » प्रत्युषाको मृत्युले आहत बनेकी एक महिलाले गरिन् आत्महत्या
प्रत्युषाको मृत्युले आहत बनेकी एक महिलाले गरिन् आत्महत्या

डिसीनेपाल डटकम – बलिउडमा टिभी अभिनेत्री प्रत्युषा बेनर्जीको आत्महत्याको खबर थोरै सेलाउन नपाउँदै अर्को घटना घटेको छ ।

बालिका बधुकी अभिनेत्री प्रत्युषाको प्रशंसक रहेकी एक महिलाले दुई वर्षे छोराको अगाडि झुण्डिएर आत्महत्या गरेकी छिन् । भारतको छत्तिसगढकी मधु महानंद नाम गरेकी महिलाले प्रत्युषाको मृत्युको सत्यलाई स्वीकार गर्न नसकी आत्महत्या गरेकी हुन् ।

पुलिसका अनुसार उनको पति नकुल महानन्दले बयानका क्रममा प्रत्युषाको मृत्युपछि उनी दिनहुँ उनकै कुरा गर्थिन् । प्रत्युषाको मृत्युको खबरले मधु निकै चिन्तित थिईन् । वर्षौँ देखि ’बालिका बधु’ सिरियल हेर्दै आएकी मधुको प्रत्युषा निकै मन पर्ने अभिनेत्री थिईन् ।

मधु र नकुलको सन् २०१२ मा प्रेम विवाह भएको थियो ।

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar