साईप्रसमा नेपाली युवतीले सुसाइड नोटमा यस्तो भावुक कुरा लेखेर गरिन् आत्महत्या (भिडियो हेर्नुहोस)
साईप्रसमा नेपाली युवतीले सुसाइड नोटमा यस्तो भावुक कुरा लेखेर गरिन् आत्महत्या (भिडियो हेर्नुहोस)
साइप्रसमा रोजगारीका सिलसिलमा पुगेकी रामेछाप जिल्ला निवास अञ्जु सुनुवारले आत्महत्या गरेको भनेर आएको समाचारको परिवारजनले खण्डन गरेको छ । समाचारबाट परिवारमा तनाव भएको भन्दै आफन्तहरूले आपत्ति जनाएका छन् ।
अञ्जु सुनुवारका भाइ विजय सुनुवारले आफ्नी दिदी साइप्रसमा रोजगारीका लागि नगएको दाबी गर्नुभएको छ । विजयले बिहीबार दैनिक नेपाल डटकमसँग टेलिफोनमा कुरा गर्दै भने, ‘मेरो दिदी अञ्जु सुनुवार साइप्रसमा रोजगारीका लागि जानु भएको छैन। उहाँ त दुबईमा बिगत दुई वर्षदेखि रोजगारीमा हुनुहुन्छ। उहाँले आत्महत्या गरेको कुरा सबै झुठो हो।’
दिदी अञ्जुले आत्महत्या गरेको भनेर कसले समाचार दियो होला भनेर अचम्म मान्दै भ्रमक समाचार लेख्नेविरुद्ध उजुरी दिने चेतावनी दिनुभएको छ । उहाँले भन्नुभयो, ‘मेरो जिउँदो दिदीलाई आत्महत्या गरेको भनेर समाचार दिनेहरूविरुद्ध उजुरी दिन्छु । कानुनी उपचार खोज्छु ।’
बाबु कृष्णबहादुर सुनुवार र आमा मैया सुनुवारकी छोरी अञ्जुले साइप्रसमा अघिल्ले शनिबार आत्महत्या गरेको समाचार आएको थियो । तर, सो समाचार गलत रहेको विजय सुनुवारले बताउनुभयो । ‘मेरो दिदी दुबइमा जीवित हुनुहुन्छ’, विजयले भन्नुभयो, ‘विश्वास लाग्दैन भने फोनमा कुरा गराउन सक्छु ।’ झापाको निशान राई भन्नेसँग आफ्नी दिदीको कुनै सम्बन्ध नरहेको विजयले दाबी गर्नुभएको छ । उहाँले भन्नुभयो, ‘निशान राईलाई हामीले चिन्दैनौँ । को हो त्यो हामीलाई थाहा छैन ।’

0 comments
Write Down Your Responses