• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » सुर्खेतमा १२ को परीक्षा सकेर फर्केका दुई किशोरीलाई बाढीले बगायो: भिडियो सहित
सुर्खेतमा १२ को परीक्षा सकेर फर्केका दुई किशोरीलाई बाढीले बगायो: भिडियो सहित

सुर्खेतः अकस्मात भएको वर्षासँगै आएको बाढीले बगाउँदा सुर्खेतमा दुईजनाको ज्यान गएको छ ।

जिल्लाको पूर्वी गाविस काफलकोट निवासी दुईजना किशोरीको बाढीले बगाउँदा ज्यान गएको हो । स्थानीय सिर्पा खोलामा आएको बाढीले उनीहरुलाई बगाएको थियो ।

काफलकोट–३ निवासी १९ वर्षीया हिमा बुढा र २० वर्षीया विपना बुढाको बाढीमा बगेर ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कक्षा १२ को परीक्षा सकेर घर फर्कने क्रममा उनीहरुलाई बिहीबार साँझ बाढीले बगाएको थियो । छिमेकी गाविस बजेडीचौरमा रहेको भानु उच्च मावि परीक्षा केन्द्रमा परीक्षा सकेर आफ्नो घर फर्कने क्रममा उनीहरुलाई बाढीले बगाएको थियो । बाढीले बगाउँदा वेपत्ता भएका उनीहरुको शव शुक्रवार दिउँसो फेला परेको हो ।

ज्यान गुमाउने हिमा र विपना सानीमा र भतिजी रहेको उच्च मावि बजेडिचौरका शिक्षक रुद्र केसीले जानकारी दिए । बिहीवार अन्तिम दिनको परीक्षा सकेर घर फिर्ता हुने क्रममा उनीहरुलाई बाढीले बगाएको थियो ।

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar