हजुरआमालाई बचाउन पाइप उठाए ‘फुच्चे हिरो’ले (भिडियो सहित)
एउटा सानो बालकले आफ्नो हजुरआमालाई बचाउनको लागि स्टिलको पाइप बोके छन् । सबैभन्दा पहिलो चिनियाँ सामाजिक सञ्जाल वेबोमा भाइरल बनेको छ उक्त भिडियो यतिबेला संसारभर चर्चाको विषय बनेको छ ।
चीनको पिपल्स डेलीका अनुसार ती बालकको हजुर आमा सडकको किनारमा पसल गर्थिन् । तर, उनीसँग त्यसको अनुमति थिएन । जब सरकारी अधिकारीहरुलाई पसल हटाउन आइपुगे, ती बालक हजुरआमाको संरक्षणमा उत्रिए ।
आफ्नो शरीरभन्दा दुई गुणा ठूलो पाइप बोकेर ती बालकले सरकारी अधिकारीतर्फ सोझ्याउँदै, ‘पर जाऊ, मेरो हजुरआमालाई नछोऊ’ भन्दै चिच्चाइरह्यो । धेरैले उक्त भिडियोमा बालकको बहादुरीको तारिफ गरेका छन् । तर, त्यसपछि बालक र हजुरआमालाई सरकारी अधिकारीहरुले के गरे भन्ने चाहीँ प्रष्ट छैन

0 comments
Write Down Your Responses