नवलपरासीमा एक युवती आफ्नै घरमा मृत अवस्थामा भेटिइन्
नवलपरासीमा एक युवती आफ्नै घरमा मृत अवस्थामा फेला परेकी छिन्। १७ वर्षीया मनिषा घर्ति मगर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ। नवलपरासी बर्दघाट नगरपालिका ८ भानुनगरस्थित आफ्नै घरमा उनको शव भेटिएको नवलपरासीका प्रहरी सहायक निरीक्षक पुष्कर कार्कीले सेतोपीटीलाई बताए। उनले हत्या वा आत्महत्या के हो भन्ने विषयमा अनुसन्धान भइरहेको बताए।
यसैबीच घटनामा संलग्न भएको आरोपमा प्रहरीले अनुसन्धानका लागि एक जनालाई नियन्त्रणमा लिइए छ। एसपी राजेन्द्रप्रसाद चौधरीका अनुसार उनी राष्ट्रिय फुटवल टोलीका स्ट्राइकर बिमल घर्ति मगरको बहिनी हुन्।
‘हत्या या आत्महत्या यसै भन्न मिल्दैन अनुसन्धान गरेपछि मात्र सबै थाहा हुन्छ,’ चौधरीले भने।
घर्तीको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल परासीमा लगिएको उनले बताए। ‘पोस्टमार्टमको रिपोर्ट आइसकेको छैन। हामीले सबै तवरबाट अनुसन्धान जारी राखेका छौं। यसबारे थप केही भन्न मिल्दैन,’ एसपी चौधरीले भने, ‘हत्यामा संलग्न भएको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अन्सन्धान गरिररहेका छौं।’
घरमा आमा र मनिषा बस्दै आएका थिए। उक्त रात आमा घरमा नभएका कारण मनिषा एक्लै थिइन्। १७ वर्षीया मनिषा कक्षा ११ को परीक्षा दिएर बसेकी थिइन्।

0 comments
Write Down Your Responses