• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » अदभुत शक्ति भएको यी महिला जसले कसरि थाहा पाउछिन त विश्वभारको भूकम्प
अदभुत शक्ति भएको यी महिला जसले कसरि थाहा पाउछिन त विश्वभारको भूकम्प

स्पेनकी ३० वर्षीया मून रिबास नामकी महिलामा मेसिनले भन्दा छिटो भूकम्पको धक्का थाहा पाउने क्षमता छ । तर दुनियाको कुनाकाप्चा समेतमा भूकम्प आउने कुरा थाहा पाउने क्षमता उनको जन्मजात वा इश्वरीय क्षमता चाहीँ होइन । वास्तवमा उनको हातमा एउटा यस्तो चिप प्रत्यारोपण गरिएको छ, जसले विश्वभरको भूकम्पको मापन गरेर जानकारी दिनसक्छ । यसलाई सेस्मिक कम्प्युटर चिप भनिन्छ । दुनियाका जुनसुकै ठाउँमा भूकम्प जाँदा पनि उनको हातको उक्त चिपमा कम्पन हुन्छ । जुनसुकै भूकम्पको जानकारी पाउने भएकाले उनलाई सायबर्ग वुमन भनेर चिनिन्छ ।
हातको चिप मार्फत भुकम्पको जानकारी पाउने बित्तिकै उनले आफ्नो आइफोनको एपमा भूकम्पको केन्द्र तथा त्यसको तिव्रताको आँकडा खोजिहाल्छिन् । यी युवती पेशाले नर्तकी हुन् । यदि नाचिरहेको बेलामा भूकम्प आएमा उनले विशेष खालको अभिनय नृत्यबाटै दर्शकहरुलाई भूकम्पको जानकारी दिन्छिन् । गत वर्ष नेपालमा भूकम्प आउँदा उनी आधा रातमा उठेर बसेकी थिइन् । उनको हातको चिप्सकै कारण उनले टेलिभिजन वा रेडियोले भन्दा छिटो भूकम्पका बारेमा जानकारी प्राप्त गरी सूचना प्रवाह गर्न सक्दछिन् ।

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar