• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » अर्जुन र मलाइको नाम अगाडि आएपछि कपुर चिन्तित
अर्जुन र मलाइको नाम अगाडि आएपछि कपुर चिन्तित

बलिउडमा अफेयरको चर्चा नौलो होइन । बर्षका हरेक दिन कोही न कोही जोडीको चर्चाले मिडिया गर्माइरहेको हुन्छ । अहिले फेरि यस्तै एक जोडीको चर्चा सुरु भएको छ, जसले मिडियामा राम्रै स्थान पाइरहेको छ । केही महिना अगाडि मात्र पति अरवाज खानसँग डिभोर्स गरेकी आइटम गर्ल मलाइका अरोरा खानको नाम अहिले नायक अर्जुन कपुरसँग जोडिएको छ ।
केही दिन यता मलाइका र अर्जुनको तस्बिरहरु सार्वजनिक भैरहेका छन् । अर्जुन र मलाइका केही दिन अगाडि मध्यरातमा रेष्टुरेन्टबाट बाहिरिदै गर्दा देखिएका थिए । अर्जुन र मलाइको नाम अगाडि आएपछि निर्माता बोनी कपुर चिन्तित छन् ।

बोनीले छोरा अर्जुनलाई मलाइकाबाट टाढा रहन सचेत गराएको केही भारतीय मिडियाले उल्लेख गरेका छन् । बोनीलाई बोनीसँग नाम जोडिदा अर्जुनको करिअरमा असर पर्छ भन्ने लाग्छ । फेरि, मलाइका नायक सलमान खानकी बुहारी भएकाले पनि बोनी बढी चिन्तित देखिएका हुन् ।
तर, अर्जुन र मलाइकाले सम्बन्धको बारेमा केही पनि खुलाएका छैनन् ।

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar