• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Health, Video » जानिराखौँ, गर्मीमा छालाको सुरक्षा गर्ने पाँच घरेलु उपायहरु
जानिराखौँ, गर्मीमा छालाको सुरक्षा गर्ने पाँच घरेलु उपायहरु

गर्मी मौसमा स्किनका कति समस्या लिएर पनि आउँछ। विशेषहरु भन्छन्, ‘स्किनको चमकका लागि क्लिनिजिङ, टोनिङ र मश्चराइजिङका साथै पोषणयुक्त आहार पनि जरुरी हुन्छ। ’मेडिकल सर्वसेज एन्ड आर एन्ड बीकी उपाध्यक्ष र काया स्किन क्लिनिककी मुख्य डाक्टर संगीता वेलासकरले यो मौसममा आफ्नो छालाको हेरचाहका लागि केही सुझाव पस्केकी छिन्।

घामबाट जोगाउँ
यस्तो सनस्क्रिनको प्रयोग गर्नुपर्छ, जसले घामबाट जोगाउने क्षमता राख्छ। यो हावापानीका लागि ३० एसपीएफ भएको सनस्क्रीन राम्रो हुन्छ। घरबाहिर निस्किनु २० देखि ३० मिनेटअघि सनस्क्रिन लगाउनुपर्छ।

सरसफाइ अनिवार्य
छालालाई सुन्दर राख्न र रोगमुक्त बनाउन दिनको दुईपल्ट सफा गर्नु जरुरी छ।

स्क्रबको प्रयोग
छालालाई रुखो र सुख्खा  हुनबाट जोगाउनका लागि स्क्रब गर्न जरुरी हुन्छ। स्क्रब गर्दा मृत एवं पुरानो छालाका कोषिका हट्छन्। यी मृत कोषिका हटाउन घरेलु उपाय भनेको एकदिन बिराएर चिनिसँगै कागती मिसाएर अनुहारमा दल्नुपर्छ।

पोषणयुक्त खाना
गर्मिमा पानी धेरै खानुपर्छ। पोषणयुक्त खानेकुरा पनि सौन्दर्यका लागि चाहिने कुरा हो। छालालाई हाइड्रेड राख्नका लागि काँक्रो, करेला, पालक, तरबुजा, लिचिजस्ता खानेकुरा खानुपर्छ।

Labels: Health, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar