• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » रक्सीको नशामा सिंहसँग हात मिलाउन गएपछि…
रक्सीको नशामा सिंहसँग हात मिलाउन गएपछि…

यो दुनियाका कोही मानिस विचित्रकै हुन्छन् । केही समय पहिले भारतमा एकजना जँड्याहासँग हात्ति डराएर भागेको र जँड्याहाले जंगली हात्तिलाई लखेटेको समाचार आएको थियो ।

दक्षिण अमेरिकी देश चिलीमा आत्महत्या गर्नका लागि एक युवकल नांगै चिडियाखानाको सिंहको खोरमा हाम फाल्दा दुइवटा सिंहलार्य नै गोली हान्नुपरेको समाचार हिजो मात्र अनलाइन खबरमा पढ्नुभएकै छ । अहिले फेरि अर्को यस्तै खबर आएको छ ।
भारतको हैदरावादस्थित नेहरु चिडियाखानमा रक्सीको नशाले चूर भएका एक मानिस पोथी सिंहसँग हात मिलाउन भन्दै सिंहको खोरभित्र छिरेका छन् ।

राजस्थानको सीकर जिल्लाका मुकेश नामका ती ३५ वषर्ीय युवक सुरक्षाकर्मीहरुको चेतावनीका बाबजुत सिंहलाई राखिएको ठाउँको पर्खाल पार गरेर भित्र छिरेर सिंहिनीसँग हात मागिरहेका छन् । धन्न सिंहले उनलाई तत्कालै आक्रमण गरेन र उनलाई सुरक्षित रुपमा बाहिर निकालियो ।

चिडियाखानाका अनुसार त्यहाँ भित्र राधिका नामको पोथी सिंह थियो । सिंहको रेखदेख गर्ने आर पपैया नामका व्यक्तिले सिंहको ठाउँमा घुसेका मुकेशलाई सुरक्षित साथ बाहिर निकाल्न सफल भए । मुकेशले सिंहिनीसँग हात मागिरहेको थियो र आफ्नो हात अघि बढाएको थियो । उक्त सिंह पनि मुकेशतर्फ अघि बढिरहेकेा थियो । तर पपैयाले तत्कालै सिंहलाई अन्तै मोडिदियो र मुकेशको ज्यान जोगियो ।

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar