सटर तानेर खुकुरी देखाउँदै यसरी लुटियो आईएमई (भिडियो)
काठमाडौं, २५ जेठ । गत जेठ १२ गते काठमाडौंको बल्खुस्थित विपिन इन्टरप्राइजेजमा लुटपाट भयो । आईएमईको समेत कारोबार हुँदै आएको उक्त इन्टरप्राइजेजबाट ४ लाख ९४ हजार रुपैयाँ लुटिएको थियो ।
नागरिकन्युजलाई डकैति गर्दागर्दैको सीसीटीभी फुटेज प्राप्त भएको छ। फुटेजमा सुरूमा एक युवा मास्क लगाएर भित्र छिर्छन् । त्यसलगत्तै अर्का युवा पनि मास्क लगाएर भित्र छिर्छन्। एकैछिन उनीहरुले फर्म भरे जस्तो नाटक गरेर बाहिन्छन् ।
पुनः दुबैजना भित्र पस्छन् र एकले फर्म भरेजस्तो गर्छन् । अर्काले बाहिर निगरानी गरेको जस्तो भिडियोमा देखिन्छ। निगरानी गर्नेले एक्कासी सटर तानेर भित्र पस्छन्। र, सुरु हुन्छ खुकुरी देखाउँदै लुटपाट ।
नागरिक न्युजबाट साभार
भिडियो

0 comments
Write Down Your Responses