हप्तामा ८ घण्टा लोडसेडिङ घट्यो (तालिकासहित)
काठमाडौं, जेठ २५ – नेपाल विद्युत प्राधिकरणले आजदेखि लोडसेडिङको समय हप्तामा ८ घण्टा घटाएको छ। यसअघि हप्तामा ७० घण्टा लोडसेडिङ हुने गरेकामा अब ६२ मात्र घण्टा विद्युत कटौती हुनेछ।
प्राधिकरणका अनुसार अब हप्तामा तीन दिन ९ घण्टा, दुई दिन साढे ९ घण्टा र दुई दिन ८ घण्टा बिजुली आउने छैन । नदीमा पानीको सहत बढ्ने क्रममा रहेकाले लोडसेडिङको समय घटाइएको प्राधिकरणले जनाएको छ।
बेलुकाको समयमा विद्युत खपत बढी हुने उपकरण कम प्रयोग गर्न प्राधिकरणले सबैसँग आग्रह गरेको छ।


0 comments
Write Down Your Responses