• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
Politics » विप्लब माओवादीका आजको बन्दमा माओबादी कार्यकर्ताद्वारा मालबाहक ट्रकमा पनि आगो लगाइयो
विप्लब माओवादीका आजको बन्दमा माओबादी कार्यकर्ताद्वारा मालबाहक ट्रकमा पनि आगो लगाइयो

विर्तामोड, २७ जेठ - बिप्लव सम्बद्ध नेकपा माओवादीका कार्यकर्ताले झापाको शान्तिनगर-१ स्थित बर्नेमा एउटा मालबाहक ट्रकमा आगजनी गरेका छन्। उनीहरुले पहाडबाट गोलिया लिएर बिर्तामोड आउँदै गरेको ना ३ ख ४६७१ नम्बरको ट्रकमा बिहीबार विहानको राति १ बजेर ३० मिनेटमा आगजनी गरेको इलाका प्रहरी कार्यालय बुधबारेका प्रहरी नायब निरीक्षक खेम श्रेष्ठले जानकारी दिए। ७/८ जनाको समूहमा आएका कार्यकर्ताले ट्रकमा आगजनी गरेको उनले बताए।
 बुधबार बन्दको प्रचार गर्दै हिडेका बिप्लव नेतृत्वको नेकपा माओवादीका चारजना कार्यकर्तालाई झिलझिलेबाट र काँकरभिट्टाबाट ३ जनालाई प्रहरीले पक्राउ गरेको थियो। माओवादीले २७ गते आव्हान गरेको बन्दको प्रचारप्रसार गर्नेक्रममा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। उनीहरु बन्दको पोष्टर टाँस्दै गरेको अवस्थामा पक्राउमा परेको प्रहरीको भनाई छ। माओवादीका झापा क्षेत्र नम्बर ५ का एरिया सेक्रेटरी सुरेन्द्र मिश्र, कुमार माझी, दिपेश मिश्र र मदन मिश्रलाई झिलझिलेबाट र जन स्वयं सेवकका जिल्ला संयोजक प्रशान्त, जिल्ला सदस्य लिला र सन्तलाई काँकरभिट्टाबाट प्रहरीले पक्राउ गरिएको थियो।

Labels: Politics

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar