छिन छिनमा थकान महशुस हुन्छ ? यि खानेकुरा खानुहोस् सब ठिक हुन्छ
एजेन्सी । कोही मनिस काम गरेर थाक्छन त कोही कामै नगरी थकाई महसुस गर्छन । शरीरमा उर्जाको कमी हुँदा थकान महसुस हुन्छ । यसैले शरीरलाई उर्जावान बनाई राख्नका लागी प्रोटिनयुक्त खाना आवश्यक पर्छ ।
दिनभरी थोरै थारै पानी या कुनै पनि तरल पदार्थ पिइरहनु आवश्यक हुने चिकित्सक बताउँछन् ।पानीले शरीरको हानीकारक तत्व बाहिर फालेर शारिरीक प्रणालीमा नयाँ उर्जा थपिदिन्छ । स्वस्थ र स्फूर्त रहन सर्वत, फलफुलको रस, नरिवलको पानी, आदि पिउनु आवश्यक हुन्छ ।
तन्दुरुष्त रहनका लागी प्रटिनयुक्त नास्ताको पनि उत्तिकै आवश्यकता पर्छ । कार्बोहाइड्रेटले शरीरमा उर्जाशक्ति थपिदिन्छ । त्यस्तै सुन्तला मौसम लिची खानु आवश्यक हुन्छ । किनकी यसमा प्रचुर मात्रामा ग्लूकोज हून्छ ।
दुधमा मह राखेर पिउदा पनि शरीरमा राम्रो उर्जा मिल्छ । सबभन्दा आवश्यक कुरा यो छ कि ७ ८ घण्टा सुत्नु वा निदाउनु पर्छ जसले गर्दा अघिल्लो दिनको लागी प्रयाप्त ऊर्जा मिलोस । जब थकान महसुस हुन्छ तब १५ २० मिनेट बिश्राम लिनुपर्छ ।


0 comments
Write Down Your Responses