मार्क जुकरबर्गको ट्वीटर र पिनइन्ट्रेस्ट एकाउन्ट ह्याक
सामाजिक संजाल फेसबुकका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत मार्क जुकरबर्गको ट्वीटर तथा पिन इन्ट्रेस्ट एकाउन्ट ह्याक भएको छ ।
आओर माइन टिम नाम गरेको ह्याकरहरुको समुहले उनको एकाउन्ट ह्याक गरेको दाबी गरेको हो ।
ह्याकरहरुको समुहले ट्वीटरबाट यसको जानकारी दिदै आफुहरुले लिंकडीन मार्फत उनको एकाउन्ट ह्याक गरेको दाबी गरेको छ ।
मार्कले लिंकडीन कै पासवर्ड ट्वीटर र पिन इन्ट्रेस्टमा पनि प्रयोग गरेको हुन् सक्ने बताईएको छ ।


0 comments
Write Down Your Responses