काठमाडौँको पुरानो बसपार्क नजिकै एक युवतीमाथि छुरा प्रहार, घाइतेको अवस्था गम्भीर
काठमाडौँ, ८ असार - आज बिहान करिब ९ बजे बागबजारको पुरानो बसपार्क, नजिकै एक युवती माथि छुरा प्रहार भएको छ । अन्दाजी २५ वर्षकी युवतीलाई अज्ञात व्यक्तिले छुरा प्रहार गरेको हो । घाइतेको अवस्था गम्भीर रहेको छ भने हाल ती युवतीको काठमाडौँको मोडल हस्पिटलमा उपचार सुरु गरिएको छ।
प्रत्यक्षदर्शीका अनुसार स्थानीय एक व्युटिपार्लरमा पार्लर सिक्न आउने जाने गरेकी ती युवती माथि छुरा प्रहार भएको हो । पार्लर भएकै घरको प्यासेजमा छिरेर अन्दाजी वर्ष ३२ का एक युवकले छुरा प्रहार गरी गम्भीर घाइते बनाएका हुन्।
घाइतेको ढाडमा छुरा प्रहार गरिएको स्थानीयले बताए। तर प्रारम्भिक चेकजाँचको क्रममा युवतीको छातीमा छुरा प्रहार भएको मोडल हस्पिटलका डाक्टर अशोक कुँवरले बताए । उनका अनुसार रगत धेरै बगेकोले विरामीको अवस्था गम्भीर रहेको छ।


0 comments
Write Down Your Responses