• HOME
  • NEWS
  • VIDEOS
  • ENTERTAINMENT
  • INTERVIEW
  • HEALTH
  • SPORT
  • POLITICS
  • ARTICLE
  • TECHNOLOGY
News, Video » काबुल विस्फोटमा घाइते च्याङ्वा तामाङको मृत्यु, मृतकको सङ्ख्या १३ पुग्यो
काबुल विस्फोटमा घाइते च्याङ्वा तामाङको मृत्यु, मृतकको सङ्ख्या १३ पुग्यो

काठमाडौँ, ७ असार – अफगानिस्तानको काबुलमा सोमबार आतंककारी हमलामा गम्भीर घाइते भएका थप एक जनाको मृत्यु भएको छ । ’हो केहिबेर अघि उनको मृत्यु भयो,’ परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतप्रसाद पौडेलले भने। काबुलस्थित अस्पतालमा उपचाररत नुवाकोटका च्याङ्वा तामाङको मृत्यु भएको हो।

यो सँगै काबुल आक्रमणमा मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ । घाइते ६ नेपालीमध्ये च्याङ्वा गम्भीर थिए।
घाइते अन्य पाँच नेपालीलाई थप उपचारका लागि दिल्ली लगिएको प्रवक्ता पौडेलले जानकारी दिए।

Labels: News, Video

0 comments

Write Down Your Responses

Newer Post Older Post Home
Recent Updates
Current Views
Copyright © 2016. All Rights Reserved. Public Online Khabar